कर्णालीमा थप २२ जना मा कोरोना संक्रमण
सुर्खेत: कर्णाली प्रदेशमा बिहीवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पताल ,पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेत,दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिम मा गरिएको परीक्षणमा थप २२ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश अस्पताल र पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा मुगु का १ जना सल्यान का ३ जना र सुर्खेत का ७ गरि ११ जना रहेका छन। त्यस्तै दैलेख अस्पताल दैलेख मा गरिएको परिक्षण मा दैलेख कै १० जना रहेका छन र रुकुम पश्चिम मा गरिएको परिक्षण मा जाजरकोट का १ जना मा कोरोना पोजेटिभ देखिएको हो।
यो सङ्गै कर्णाली प्रदेश मा कोरोना सङ्क्रमित को जम्मा संख्या १९३७ पुगेको छ। त्यस्तै आजै कर्णाली प्रदेश का बिभिन्न आइसोलेसन सेन्टर बाट १५ जना डिस्चार्ज भयका छन र हाल सम्म कोरोना निको भइ डिस्चार्ज हुने को संख्या कर्णाली मा १६९७ पुगेको छ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने कर्णाली प्रदेश मा आइसोलेसन मा रहेका तथा रहने क्रम मा रहेका कोभिड १९ का सक्रिय बिरामी को संख्या २३४ रहेका छन।





