कोरोनाको प्रभावले अदालतको काम प्रभावित
दैलेख ः जिल्ला अदालतका दैलेखका न्यायाधीश दण्डपाणी लामिछानेले कोरोना भाइरसले (कोभिड–१९) को प्रभावले अदालतको लक्षित काम प्रगति हुन नसकेको बताएका छन् शुक्रवार जिल्लाका पत्रकार सँगको बसाइमा उनले यस्तो बताएका हुन । आर्थिक वर्ष २०७६÷०७७को प्रगति समीक्षा गर्न पत्र कारहरूसँग भएको छलफलमा न्यायाधीश लामिछानेले कोरानाले अदालतका कामहरू प्रभावित भएको बारेमा बोल्दै कोरोनाको कहरमा पनि दैलेख अदालतले अन्य जिल्ला अदालत भन्दा राम्रै काम गरेको धारण राखे ।
जिल्ला न्यायाधीश लामिछानेले अदालतका कामलाई छिटो छरितो, न्यायको सन्तुलन र विपन्न पहुँच अभिवृद्धि गर्न आरोपितहरू समेतले सुविधा लिन पाउने गरी वैतनिक कानुन व्यवसायी र बाल न्याय प्रणाली लागू भएको जानकारी गराएका छन् ।
उक्त प्रकार भेटघाट कार्यक्रममा जिल्ला अदालत दैलेखका श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्कीले अघिल्लो आर्थिक वर्षमा कुल ३ सय ३६ वटा मुद्दा परेकामा २ सय ८ वटा फैसला भएका र १ सय २८ मुद्दा बाँकी रहेका जानकार समेत दिए ।
पत्रकारसँग भएको छलफल कार्यक्रममा श्रेस्तेदार अधिकृत कार्कीले अदालतबाट भएको फैसलाबाट विभिन्न मुद्दामा ४ सय ८६ वर्ष १० महिना २५ दिन कैद असुल गर्न बाँकी रहेको र फैसलाले अङ्कित ७४ करोड ६८ हजार ५२ रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको बताए ।
जिल्ला अदालत दैलेखमा सम्बन्ध विच्छेदका मुद्दा धेरै
जिल्ला अदालत दैलेखमा आर्थिक वर्ष २०६६÷०७७मा सम्बन्ध विच्छेदका मुद्दा धेरै भएको देखिएको छ ।
शुक्रवार पत्रकार हरूलाई जानकारी दिँदै जिल्ला अदालत दैलेखको फाराम नं ३०मा मुद्धाहरुको लगत फर्छ्यौट र बाँकीको विषयगत विवरणमा पारिवारिक विवाद मध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेद मुद्दा धेरै देखिन्छ । जस मध्य ६० वटा फर्छ्यौट भएका छन् भने ३० वटा मुद्दा बाँकी छन् ।
अंशबण्डामा मुद्दा ४२ दर्ता भएकोमा २१ वटा मुद्दा फर्छ्यौट भएका छन् । अन्यमा ८ मुद्दा दर्ता भएकोमा ३ वटा फर्छ्यौट भएका छन् भने ५ वटा अझैँ बाँकी रहेका देखिन्छ ।
सम्पत्ति सम्बन्धी मुद्दामा, जग्गा सम्बन्धी २१ मा १३ फर्छ्यौट ८ बाँकी, लेनदेनमा २४मा १४ फर्छ्यौट १० बाँकी छन् । अन्यमा भने कमै मुद्दा परेको जिल्ला अदालत दैलेखले जानकारी दिएको छ ।






