Loading... आजः २०८३, १६ श्रावण शनिबार

(गजल ) तिर्खाहरु संगालेर पानी बनाउनुछ………

तिर्खाहरु संगालेर पानी बनाउनुछ………


तिर्खाहरु संगालेर पानी बनाउनुछ यहाँ ।
अाफै जलेर हिरा खानि बनाउनुछ यहाँ ।।

साचाे माया कस्तो हुन्छ देखायउनु छ दुनियाँलाई ।
मुना मदन जस्तै प्रेम काहानि बनाउनु छ यहाँ ।।

एक पल मात्रै नभएर सयौं जुनि जुनि सम्म ।
दुईवटा अात्मा एउटै परानि बनाउनुछ यहाँ ।।

हरेक सुख्ख दुख्ख हरु बुजेर जान सक्छाै भने ।
तिमीलाई मेरै अँखा को नानी बनाउनु छ यहाँ ।।

निर्मला अधिकारी अन्जान

भगवतीमाइ गाउँपालिका –३,

दैलेख


 

समाचार