सबैलाई सर्बस्व आजकाल रुपियाँ लाग्छ (गजल)
सबैलाई सर्बस्व आजकाल रुपियाँ लाग्छ (गजल)
सबैलाई सर्बस्व आजकाल रुपियाँ लाग्छ ।
किनमेल बाट आउने बस्तु यहि दुनियाँ लाग्छ ।।
भोगाइको गह्रौं भारी काँधमा आएपछि ।
मनै पो रहेछु बाध्यताको एक भरिया लाग्छ ।।
बर्तमानका मार्ग अबरुद्ध गर्न सकिदिने ।
घातक ती बिगतहरु अतिनै बलिया लाग्छ ।।
हेर त्यो अहमता कतिनै शक्तिशाली रहेछ ।
कडा मानिने फलाम मा त एकदिन खिया लाग्छ ।।
काल निम्तायौ बस्तिमा बर्षे विकासकोे नाममा ।
बिकास कोष त तिम्रो कमाइखाने ढडिया लाग्छ ।।
- रचना अधिकारी (त्रिवेणी)




