Loading... आजः २०८१, २६ आश्विन शनिबार

न त जिन्दगी बन्यो न त घर , बन्यो ‘गजल’

गजल

न त जिन्दगी बन्यो न त घर , बन्यो
बच्चाका लागि खेलौना रहर, बन्यो ।

हिजो कसैले दिएथि झुन्डिनु भनेर ।
आज चिसो बढेपछि मफ्लर, बन्यो ।

म पतङ्गा बनेको पनि काम आएछ ।
प्रियाको बिहेमा सजिने अबसर, बन्यो ।

हिजो बाबूले प्रेममा धोका खाएदेखि ।
फुलजस्तो मान्छे आज पत्थर , बन्यो ।

पुष्कर बाबू
महाबु ३ बाँसि, दैलेख