दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या घरी उकालो घरी ओरालो

कृष्णप्रसाद अधिकारी
दैलेखः दैलेख जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घरी ओरालो घरी उकालो देखिएको छ ।
पहिलो पटक चीनमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै तरङ्गित बनाएको छ । विश्वमा हाल सम्म ६ लाख भन्दा बढिले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । नेपालमा ५६ जनाले ज्यान गुमाइसकेका छन् ।
संक्रमितको संख्या गुणात्मक हिसाबले बढिरहेको र कोरोनाको भाइरसले छोटो समयमा धेरै मानिसमा सङ्क्रमण गरेको छ । अन्य देशमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि अति उच्च जोखिममा रहेको बताए पछि नेपाल सरकारले देशलाई चैत्र ११ गतेबाट ७७ वटै जिल्ला लकडाउन ग¥यो ।
लकडाउनको केही समय सम्म नेपालमा कोरोनाको सङ्क्रमण कमै मात्रामा देखियो । नेपालबाट बाहिरी देशमा काम गर्नेकै लागि जाने नागरीको सङ्ख्या धेरै भएको कारण अन्य देशबाट नेपाल आउने नागरीको भिड लाग्न थाल्यो । सरकारले समयैमै उद्धार गर्ने नसक्दा वा उद्धार गर्दा एकै ठाउँमा धेरै नागरिकलाई राख्दा कोरोना भाइरस एक अर्कोमा सजिलै फैलिएको आशङ्का आम नागरिकले गरिरहेका छन् ।
दैलेख जिल्लाबाट बाहिरी देशमा काम गर्नेकै लागि जानेको सङ्ख्या यकिन नभएकै कारण अवस्था जटिल बन्दै गयो । सबै स्थानीय पालिकाले समन्वय गर्ने नसक्दा अवस्था भयावह भएको । जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोनाको संक्रमण धेरै रहेकोले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो । हाल दैलेखलाई कोरोनाको केन्द्र भन्न पनि पछि पर्दैनन् । ‘कतिपय नागरिकहरू’ ।
दैलेखमा लकडाउनको समयमा मात्र १५ हजार ४८ जना भित्रिएका छन् । बाहिर बाट भित्रिएका नागरिकहरूमा कोरोना पोजेटिभ देखिएको र उनीहरू मध्ये धेरै जनाले कोरोना जितेर घर फर्किसकेका छन् । प्रशासने करिब ३ हप्ता सम्म निषेधाज्ञा जारी राखे पनि निषेधाज्ञामा खुकुलो हुनु र नागरिकले निषेधाज्ञाको पालन नगर्नुले कोरोना नियन्त्रण बाहिर समुदायमा फैलिएको छ ।
बाहिरबाट भित्रिएका नागरीहरू घटे सँगै दैलेखमा कोरोना पोजेटिभको सङ्ख्या घटेको थियो । तर कोरोना भाइरस समुदायमा फैलिएको थाहा नै भएन हाल समुदायमा कोरोना परीक्षण गर्दा फेरी सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ ।
कोरोनाको संक्रमण बढ्दै जान थाले पछि प्रशासनले एक सूचना निकाल्दै बर्षौ देखि सञ्चालन हुँदै आएको बर्षेमेला (लाखे नाच) लगायत सबै किसिमका मेलाहरू समेत बन्द गर्ने निर्देशन दिएको छ भने यस महामारी बाट सजग र सुरक्षित रहनको लागि नागरिकले घर बाहिर निस्कँदा अविबार्य रूपमा मास्कको प्रयोग गर्ने जानकारी दिएको छ । त्यस्तै कार्यालयमा हुने अति आवश्यक काम बाहेक सबै काम बन्द गरेको बताउँदै सायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले जनैपुर्णीमा लाग्ने महावु मेलामा समेत गाडी लिन रोक लगाएको बताए ।

जिल्लामा निर्माण गरिएको आइसोलेसन समेत बर्सातको समय भएको कारण सामान्य झरी सम्म थेग्न सकिरहेका छैनन् । भौतिक संरचना नभएको कारण बाहिर बाट आएका नागरिकलाई विभिन्न विद्यालयमा राखिएको थियो । उनीहरू विद्यालयबाट सामान किन्नकै लागि बाहिर पैसा पठाउने तथा आफै गएर सामान किन्दा कोरोनाको सङ्क्रमण समुदायमा फैलिएको जानकारहरूले बताउने गरेका छन् ।
जिल्लामा निर्माण गरिएको पीसिआर मेसिनले कोरोना परीक्षण गरिरहे पनि आवश्यक जनशक्ति छैनन् । दुइजनाले मात्र ल्याब धानेका कारण कोरोनाको परीक्षण दर बढाउन नसकिएको पीसिआर ल्याब तथा कोभिड –१९ दैलेखका ल्याब इन्चार्ज शङ्कर शाहीले बताए । उनका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बिस्तारै घट्दै गएको र समुदायमा परीक्षण गर्दो दर फेरी बढेको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार साउन १६ गते सम्ममा जिल्लाको तत्थाङ्कमा कुल सङ्क्रमितको सङ्ख्या ९ सय ३० जना रहेको र जस मध्ये ८ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लाका ११ वटै स्थानीय तहमा जम्मा ९ हजार २ सय १३ क्वारेनटाइन बेड छन् । तिनी क्वारेन्टिन खालि हुदै गएता पनि कोरोना सङ्क्रमण भने समुदायका नागरिकलाई देखिएको छ । हाल क्वारेन्टिनमा जम्मा ५६ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
हाल सम्ममा जिल्ला भरबाट १३ हजार २ सय ४२ जनाको आर डि.टी परीक्षण भएकोमा ३ सय ४० जना पोजेटिभ देखिएको तथा ५ हजार ७ सय १४ जनाको स्वाब सङ्कलन गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले जानकारी दिए ।




