सरकारले राहत दिन्छु भन्यो रातदिन कुरायो (गजल)
सरकारले राहत दिन्छु भन्यो रातदिन कुरायो (गजल)
बाढी आयो पहिरो आयो सबै क्षति पुर्यायाे यहाँ ,
सरकारले राहत दिन्छु भन्यो रातदिन कुरायो यहाँ ।।
ए सरकार मौन बस्ने बेला हुँदै होइन याे,
घरबारविहिन बेपत्तालाई रातदिन रुवायौँ यहाँ ।।
सबै एउटै हौ कुरामात्र गछौ आफ्नो पोल्टो भर्न,
हरेक विपत्तिले जनतालाई आँसु पिलायौँ यहाँ ।।
सबै दल आफ्नै खिचातानिमा व्यस्त छन अहिले,
कोरोनाले मान्छे अनि सलहले बालि खायो यहाँ ।।
विकासको त नाम छैना विनाश मात्र भएको छ,
बजेट फ्रिज हुदाँ पनि स्थानिय सरकारलाई बचायौ यहाँ ।।
रबिन्द्र कुमार बुढा
महाबु गाउँपालिका–३
बाँसि, दैलेख








