नारायण नगरपालिका दैलेख द्वारा खरको छानो मुक्त नगरअभियान प्रारम्भ
कृष्ण शर्मा
दैलेख ः नारायण नगरपालिका दैलेख ले खरको छाना मुक्त नगर अभियान कार्यलाई तिब्रता दिएको छ ।
गतआर्थिक बर्ष २०७६÷७७ अन्तर्गत संघिय सरकारको रु १ कराेड, कर्णाली प्रदेश सरकारको रु ३५लाख र नारायण नगरपालिकाको रु ३०लाख अनुदान सहयोगमा नगर भित्र का लक्षित ८८९खरको छानायुक्त घरधुरिलाई आवश्यक १,१८१ क्वुन्टल जस्ता खरिद गरि ३२प्रतिशत घरधुरी लाई अर्थात ३०० घरधुरी लाई पुर्ण खरमुक्त बनाउने उदेश्यकासाथ शुक्रबार आज नगरपालिका वडा१०का ५१घरधुरि लाई धुरि पता र किला काटा घरधनि आफैले बेहोर्ने गरि उक्त जस्ता पाता बितरण गरियको हो अन्य ११वटै वडाहरुमा क्रमश वितरण गरिने नगर प्रमुख रत्न बहादुर खड्काले जानकारि दिनुभयको छ ।
बाँकि ६८प्रतिशत घर धुरिलाई नयाँ आर्थिक बर्ष ७७र७८को बजेट मा थप बजेट छुट्याइएको र टेण्डर खुलायर प्रक्रिया अगाडि बढाईने नगर प्रमुख खड्काले बताउनु भयकोछ ।




