Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

के पि.सि.आर टेस्ट रिपोर्ट एकै ब्यक्तीमा फरक –फरक आउन सक्छ ? जानिराखाैँ ।

सन २०१९ को अन्तिममा चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस (कोभिड १९ ) नामक नयाँ कोरोना भाइरसले विश्व भरि नै गम्भीर खालको निमोनिया र स्वास प्रस्वासको रोग निम्त्याउन सुरु ग¥यो ।
सुरुवाती दिनमा यसलाई २०१९ नोवेल कोरोना भाएइरस भनिएता पनि पछि यसबाट हुने रोगलाई कोभिड १९ भनियो भने यो रोग लगाउने भाइरसलाई सिभिअर एक्युट रेस्पिरेटोरी सिक्ड्रोम कोरोना भाइरस –दुई सार्सको कोभ र भनियो भने यो भन्दा पहिला सन २००३ मा सार्स कोरोना भाइरस र सन २०१२ मा मर्स कोरोना भाइरस देखिएका थिए ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा माक्स नलगाई हाछ्यु गर्दा, बोलदा र खोकदा मुखबाट निस्किने सानो डुपलेट हरु अर्काे व्यक्तिको नाक ,मुख र आँखाको माध्यामबाट शरिर भित्र छिरेमा सर्दछ ।त्यसैले यसबाट बच्नका लागि सधंै माक्सको प्रयोग गर्नु पर्दछ । भिडभाडमा जानु हुदैना भने खोक्दा र हाछ्यु गर्दा रुमाल वा टिसु पेपर ले छोपेर मात्र गर्नू पदृछ भने साबुन पानिले मिचि मिचि हात धुने बानि बसाल्नु पर्दछ ।
सामाजिक दुरी कम्तिमा १ मिटर कायम गर्नु पर्दछ भने सबैले बारम्बार छुने बस्तुहरु छोएपछि हयाण्ड सेनीटाइजरको प्रयोग गर्नुपर्दछ अथवा कम्तिमा २० सेकेण्ड सम्म साबुन पानीले हात धुनु पर्दछ नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरुमा प्रयाप्त मात्रामा लक्षणहरु नदेखिए पनि ज्वरो आउनु, सुख्खा खाकी लाग्नु सास फेर्न गारोहुनु, पखाला लाग्नु यसका प्रमुख लक्षणहरु हुन ।
दोस्रो चरणमा एक्सट्राक्सन गरिएको आर एनएलाई कोभिड १९ विशेष प्राइमर संग जुधाइन्छ र संक्रमण संका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुवाँशिक तत्व (जेनेटिक कम्पोनेन्ट ) छैना भने कुनै प्रतिक्रिया आउदैना र नतिजा नेगेटिभ आउछ ।तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट छ भने त्यो प्राइमर संग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोईसेन्स) देखिन्छ ।जसले नै परिणम पोजेटिभ भएको पुष्टि गर्दछ ।

तर एउटा गुणस्तरीय रिपोर्ट निकाल्नाको लागि प्रयोगशाला र त्यसमा प्रयोग भएको विधि मात्र नभएर नमुना संकलन नमुनाका प्रकार संक्रमणको अवस्था, नमुनाको भण्डारण र नमुनाको ओसार पसारले ठुलो भुमिका खेल्छ जसलाई हामी प्रिएनालाइटिकल फेज भन्छौं जसले ५० देखि ८० % सम्म रिपोर्टको गुणस्तरियतालाई निर्धारण गर्छ । तसर्थ नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढी नै ध्यान दिन जरुरी छ ।

नभए एकै व्यक्तिमा एकै दिनमा फरक फरक रिपोर्ट आउन पनि सक्छ ।भने अर्को पक्ष भनेको कोरोना संक्रमित व्यक्तिको नमुना संक्रमण भएकै दिन अथवा संक्रमण भएको एक दुई दिनमै नमुना संकलन गर्दा संकलन गरेको नमुनामा प्रयाप्त मात्रामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट नपाइनाले पनि रिजल्टमा नेगेटिभ आउनसक्छ भने पछि त्यहि व्यक्तिको नमुना पुन तेस्रो वा चौथो दिनमा संकलन गरेर जाँच गर्दा रिपोर्ट पोजेटिभ पनि आउन सक्छ ।पी.सी.आर विधिमा रिपोर्ट पोजेटिभ आउनका लागि १ एम .एल नमुनामा भाइरसको संख्या ५ सय भन्दा बढी हुनुपर्छ ।त्यसैले कोरोना को संक्रमणको लक्षण भएका अथवा संका लागेका व्यक्तिहरुमा पी.सी.आर रिपोर्ट नेगेटिभ आउदैना उ संक्रमित छैना भन्न सकिदैना ।

कोरोना भए नभएको कसरी थाहा पाउन सकिन्छ ।

कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउनको लागि प्रम्ख दुई ओटा तरिका अपनाइएको पाइन्छ ।
१ भाइरस छ, छैन पत्ता लगाउने
२ कोरोना भइसकेपछि हाम्रो शरिर ले कोरोनाको विरुद्धमा निकाल्ने प्रतिरोधात्मक शक्तिको जाँच गर्ने जसलाई हामि सेरोलोजिकल टेष्ट पनि भन्छौं ।
भाइरस छ छैना पत्ता लगाउनको लागि विभिन्न विधिहरुको प्रयोग गरिन्छ जसमा धेरै प्रयोग भइरहेको विधि हो आर टी पि.सि आर टेष्ट भने अर्को आइसोथर्मल एम्फलीफिकेसन एस्से पनि हो त्यस संग सँगै यापिड एन्टिजेन डिटेक्सन टेष्ट पनि प्रयोग गर्न सकिन्छ ।सेरोलोजिकल टेष्टहरुमा एकदमै चलन चल्तिमा रहेको आ.डि.टि टेष्ट अथवा यसलाई यापिड एन्टीवडी टेष्ट पनि भनिन्छ भने अन्य टेष्टहरुमा इलाइजा किलिया र न्युट्रलाइजेसन एस्सिहरु पर्दछन । तर सबै भन्दा गोल्ड स्यान्डर मानिएको टेष्ट चाहि रियल टाइम पि.सि आर टेष्ट नै हो ।

पि.सि आर भनेको पोलिमरेज चेन रियाक्सन हो यो संसार भर व्यापकरुपमा प्रयोग गरिएको मोलिव्युलर वायोलोजि (आणविक जीव विज्ञान) प्रविधि हो यसमा कोरोना भाइरसको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छ कि छैना भनेर हेरिन्छ । त्यो अत्याधिक संवेदनशिल विधि हो ।यसमा संकलन गरिएको नमुनालाई आधिकारीक प्रयोगशालामा ल्याए पछि त्यसलाई २ चरणमा परीक्षण गरीन्छ ।

पहिलो चरणमा नमुनामा भएको भाइरसको आर. एन. ए छुट्याइन्छ । अरु प्रविधि भन्दा धेरै सम्वेदनसिल र खर्चीलो प्रवधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका अति आवश्यक नभएका व्यक्तिहरुमा पि.सि.आर टेष्ट नगराउदा पनि हुन्छ । कोरोना संक्रमण भइसकेपछि पनि दुइ देखि तिन हप्तामा हाम्रो शरिरले कोरोनाको विरुद्धमा रोग प्रतिरोधात्मक शक्ति पैदा गर्न र कोरोना भाइरसलाई विस्तारै निस्क्रिय पार्ने भएकोले पनि पि.सि.आर टेष्ट नेगेटिभ देखिन सक्छ । भने यस्तो बेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्युन अथवा सुन्य बराबरै हुन्छ ।

शाही कोभिड १९ पि.सि.आर प्रयोगशाला दैलेखको ल्याब इन्चार्ज हुनुहुन्छ ।

समाचार