अख्तियारमा दैलेखका १८६ मुद्धा, भ्रष्टाचारको स्वरुप फेरियो

दैलेख ः पछिल्लो समयमा भ्रष्टाचारको स्वरुप फेरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुख नारायण प्रसाद रिसालले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा भ्रष्टाचारको स्वरुप फेरिएको बताए ।
अहिले सेवाग्राहीसँग सिधै धुस लिनु भन्दापनि तेस्रो पक्षसँग सम्बन्ध बनाएर अनियमितता गर्ने गरेको कार्यालय प्रमुख रिसालको भनाई छ । चेक तथा बैंक मार्फत घुस दिने लिने कार्य हुन थालेकोले अख्तियारले त्यसतर्फ समेत अनुसन्धान गरिरहेको रिसालले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा बेनामी उजुरीहरु धेरै पर्ने गरेको कार्यालयले जनाएको छ । अख्तियार सुर्खेतका प्रमुख रिसालका अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा जम्मा १०८० उजुरी मध्ये ६४० वटा बेनामी उजुरीहरु आएका छन् । स्थानीयतह भन्दा दोस्रोमा भने शिक्षा क्षेत्रका उजुरीहरु छन् ।
सुर्खेतका २३८ उजुरी मध्य १७५ फछ्र्यौट भएका छन भने ८१ फछ्र्यौट हुन बाँकी छन् । दैलेखका १८६ उजुरी मध्य ११८ फछ्र्यौट भएका छन भने ६८ फछ्र्यौट हुन बाँकी छन् । जाजरकोटका १४४ उजुरी मध्य ८४ फछ्र्यौट भएका छन भने ६० फछ्र्यौट हुन बाँकी छन् । कालिकोटका १०२ उजुरी मध्य ३३ फछ्र्यौट भएका छन भने ६९ फछ्र्यौट हुन बाँकी छन् ।
दैलेखका १८६ उजुरी मध्य ११८ फछ्र्यौट भएका छन् ।
जुम्लाका ८४ उजुरी मध्य ३६ फछ्र्यौट भएका छन भने ४८ फछ्र्यौट हुन बाँकी छन् । सल्यानका ८० उजुरी मध्य ६० फछ्र्यौट भएका छन भने २० फछ्र्यौट हुन बाँकी छन् । रुकुम (पश्चिम) का ७८ उजुरी मध्य ५४ फछ्र्यौट भएका छन भने ४२ फछ्र्यौट हुन बाँकी छन् । हुमलाका ६६ उजुरी मध्य २६ फछ्र्यौट भएका छन भने ४० फछ्र्यौट हुन बाँकी छन् ।
मुगुका ५३ उजुरी मध्य २० फछ्र्यौट भएका छन भने ३३ फछ्र्यौट हुन बाँकी छन् भने डोल्पाका ४९ उजुरी मध्य २५ फछ्र्यौट भएका छन भने २४ फछ्र्यौट हुन बाँकी छन् ।
आर्थिक वर्ष २०७५÷०७६ बाट दायित्व सरिआएका ४११ उजुरी समेत आर्थिक वर्ष २०७६÷०७७ मा १०८० उजुरी भएकोमा ६१३ उजुरीहरु फछ्र्यौट भइसकेका छन् भने ४६७ उजुरीहरु बाँकी रहेको कार्यालय प्रमुख रिसालले बताएका छन् ।
यसैगरि उजुरी फछ्र्यौटको संख्यामा भने बृद्धि भएको उनले बताए । आर्थिक वर्ष २०७५÷०७६ मा ५६.१ प्रतिशत मात्र उजुरी फछ्र्यौट भएकोमा आर्थिक वर्ष २०७६र०७७ मा ५६.७६ प्रतिशत उजुरीहरु फछ्यौट भएका छन् । प्रमाण नजुटेका, गोलमटोल प्रकृतिका ३४५ उजुरीहरु तामेलीमा रहेका छन्भने एकै प्रकृतिका १०९ उजुरीहरुलाई एकिकरण गरिएको जनाइएको छ । यसैगरि विस्तृत अनुसन्धानमा ८३ वटा उजुरीहरु रहेका छन् आफ्नो कार्यक्षेत्र अन्तर्गत नपर्ने एउटा उजुरी अन्य निकायमा पठाइएको बताइएको छ ।
मन्त्रालयगत रुपमा हेर्ने हो भने सबैभन्दा बढि स्थानीय तह (संघीय मामिला) मन्त्रालयका उजुरीहरु आएका छन् । ३५९ वटा उजुरी स्थानीय तहका आएका छन् सबै भन्दा कम खेलकुद मन्त्रालय अन्तर्गतको एउटा मात्र उजुरी आएको छ ।
यसैगरि जिल्लागत रुपमा हेर्ने हो भने सबै भन्दा बढि उजुरी सुर्खेतका छन् भने सबैभन्दा कम उजुरी डोल्पाका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा सुर्खेतका २३८ उजुरी परेका छन् भने डोल्पामा ४९ वटा उजुरी मात्र परेका छन् । सुर्खेतका उजुरी धेरै आउनुमा उजुरीकर्ताहरुको पहुँच सहज हुनु पनि हो ।
सबैभन्दा धेरै उजुरीहरु चिठीपत्र मार्फत आउने गरेको बताइएको छ । जस अन्र्तगत ८९६ वटा उजुरीहरु परेका छन् भने इमेल मार्फत ८९ पत्रपत्रिकामा आएका समाचारबाट ५१ वटा फोनबाट ४१ वटा फेसबुक तथा सामाजिक सञ्जालबाट ३ वटा उजुरीहरु आएको बताइएको छ । अख्तियार सुर्खेतलाई कर्णाली प्रदेशका १० जिल्ला कार्यक्षेत्र तोकिएको छ ।
यसैगरि कार्यालय प्रमुख रिसालले भने ‘स्थलगत रुपमा काम गर्ने कर्मचारीको कमी हुनु पनि समस्याको रुपमा रहेको छ ।’
अर्को तर्फ अभियोग लागेकाहरुले समयमा जवाफ नदिनुले पनि फछ्र्यौटमा ढिलाइ हुने गरेको छ । प्रमाण संकलनका लागि उपकरण समेतको कमी रहेको प्रमुख रिसालले बताए ।
कर्णालीको भौगोलिक बनावटका कारण पनि केही समस्या रहेको छ बताउँदै उनले भने ‘स्थलगत निरीक्षण र अनुसन्धानलाई जोड दिएर भ्रष्टाचार हुन नदिने कुरामा जोड दिइएको छ ।’ आयोगको एकल प्रयासबाट भ्रष्टाचार मुक्त समाजको निर्माण गर्न असम्भव भएकोले सबैको साथ र सहयोगको खाँचो रहेको उहाँको भनाई थियो ।




