Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

भगवतीमाइमा ‘किसान कल सेन्टर’ स्थापना

दैलेख ः कृषि क्षेत्रका समस्या सामाधान गर्न जिल्लाको भगवतीमाई गाउँपालिकाले किसान कल सेन्टर संचालनमा ल्याएको छ । भगवतीमाई गाउँपालिका भित्रका किसानहरुमा आउने समस्यालाई सामाधान गर्ने उदेश्यले दैलेख जिल्लामै पहिलो पटक किसान कल सेन्टर स्थापना गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । गाउँपलिकाको आर्थिक बर्ष २०७७÷०७८ को कार्यक्रम अनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर स्थापना गरिएको हो ।

कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्ति लगायत काममा समस्या किसानका हरेक गुनासासंगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, लगाएत समस्या सामाधन गर्न गाउँपालिकाका स्थापना गरिएको किसान कल सेन्टरमा निशुल्क फोन गर्न सकिनेछ ।

गाउँपालिका क्षेत्र भित्रका कृषकहरुको लागि स्थापना गरिएको किसान कल सेन्टर आइतबारबाट सञ्चालनमा ल्याईएको हो । यस क्षेत्रका किसानहरुले पशुपंक्षी सम्बन्धी समस्या तथा सुझावको लागि हरेक आइतबार बिहान ११ बजे देखि २ बजे सम्म र कृषि सम्बन्धी समस्या तथा सुझावको लागि शुक्रबार ११ बजे देखि २ बजे सम्मा फोन गर्ने सक्नेछन् । किसानहरुबाट आएका गुनासा र सुझावहरु सकेसम्म गाउँपालिकाले नै सामाधन गर्ने र गाउँपालिकामा सामाधान हुन नसके सम्बन्धित क्षेत्रका बिज्ञहरुसंग प्रामर्श गरिने गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।

समाचार