Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

साढे ८ लाखको कोरोना बिमा

काठमाडौं ः बिमा समितिले हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बिमा भएको बताएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमालेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बिमा भएको बताएका हुन् । त्यसबापत अहिलेसम्म ४७ करोड रुपैयाँ बिमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताए । बिमा समितिले ४ वैशाखदेखि कोरोना भाइरस (कोभिड–१९) बिमालेख जारी गरेको थियो ।

जसमा सबै निर्जीवन बिमा कम्पनीको बिमा पुलमार्फत बिमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बिमांक रकम कायम गरी बिमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बिमा शुल्क कायम भएको एक लाख बिमांक र पाँच सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बिमांक रकम रहेको थियो ।

समाचार