गुणस्तरीय सेवा दिदै ब्रिनोज कान स्वास्थ स्याहार केन्द्र
दैलेखः दैलेख जिल्लामा संचालन भएको छोटो समयमनै ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रले गुणस्तरीय सेवा दिँदै आएको छ ।
२०६७ सालबाट संचालनमा आएको कान स्वास्थ्य स्याहार केन्द्र दैलेखले छोटो समयमनै गुणस्तरीय सेवा दिँदै कान सम्बन्धि समस्याको उपचार गर्दै आएको हो। कानको समस्याबाट ग्रसित तर औषधी उपाचारबाट आर्थिक अभावका कारण बाहिर गएर उपचार गर्न नसकेका नागरिक तथा बिशेष गरि जेष्ट नागरकि, महिला, दलित बालबालिका अपांगता भएका ब्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै कान सेवा दैलेखमा संचालन गरिएको बताइएको छ ।

मानब जिवनका प्रायजसो सबै खाले सेवा नागरिकले सजिलै पाइरहेको र कान सम्बन्धी उपचार गर्न बाहिर जानु पर्ने समस्याबाट मुक्ति पाएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र शाखा कार्यालय दैलेखका स्वास्थ्य प्राविधिक तथा शाखा प्रमुख तिर्थमान थारु (रत्गैयाँ) बताएका छन् । उनका अनुसार दैलेखमा १६ महिनामा लगभग ४ हजार कानका बिरामी आएको तथा उनिहरु मध्य ७० जनाको स्वास्थ्य दैलेखमा उपचार गर्ने कही कठिन भएको कारण रेफर गरी ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा केन्द्र नेपालगञ्जमा उपचार गरीएको गरिएको र ९० जनाको कानमा प्वाल परेको भटिएकोले उनिहरुको उपचार भैईरहेको छ ।कान मानव शरिरको महत्त्वपूर्ण भाग भएको भन्दै मानिसहरुले कान पाक्नुलाई साधारण रुपमा लिएर बेवास्ता गरे यसले ठुलै समस्या निम्तिन सक्ने र मानिसको ज्यान समेत जाने भएकाले समयमै ध्यान दिन जरुरी रहेको तिर्थमानले बताए ।
कानको समस्यालाई लिएर सहर सम्म जानु पर्ने बाध्यताको अन्य भएको तथा जिल्लामा कानको उपचार भएपछी कानका विरामीले सहज रुपमा उपचार पाई राखेको नारायण नगरपालिका वडा नं. ६ का भक्त थापाले बताएका छन् ।




