सिंचाई कार्यालय दैलेखमा तालाबन्दी
दैलेखः आफुले गरेको कामको रकम भुक्तानि नपाएपछि खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखमा तालाबन्दि गरिएको छ ।
विभिन्न उपभोक्ता समिति र कोटेशन मार्फत विभिन्न बिकास निर्माणका कामहरू गरेसङ्गै रकम भुक्तानि नपाएपछि असन्तुष्ट पक्षहरूले कार्यालयमा तालाबन्दि गरेका हुन ।
बिश्वब्यापि रूपमा महामारिको रूपमा फैलिएको कोभिड १९ को उच्च जोखिम रहेको दैलेखमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी उपभोक्ता समिति र कोटेशन मार्फत गरिएका कामहरूको समयमा नापजाँच मुल्याङ्कन गरेर भुक्तानि दिईसक्नु पर्ने समयमा कार्यालयले विभिन्न बहाना बनाई उपभोक्ता समिति र ब्यबसायिहरूमाथि अन्याय गरेको र आफुखुसी ढङ्गले कार्यालय प्रमखले पेल्दै गएकोले बाध्य भएर तालाबन्दि गर्नु परेको ब्यबसायि प्रकाश बुढाले बताए ।
पटक पटक जानकारी दियौ, लिखित रूपमै डेलिगेसन गयौ,ध्यानाकर्षण गरायौ तर हरेक पटक कार्यालय प्रमुखको गैरजिम्मेवारी अभिब्यक्तिका कारण सम्पुर्ण पिडित उपभोक्ता समिति ब्यसायिहरू मिलेर तालाबन्दि गर्नुपरेको पिडित ब्यबसायि निरक खड्काले बताए । यता कार्यालय भने कार्यालयमा जनशक्तिको अभावले सम्झौता भएका कामहरूको समेत नापजाँच गर्न नपाएकोले मन्त्रालयले आबश्यक कर्मचारी पठाय चाडैनै नापजाँच गरेर भुक्तानि दिने कार्यालय प्रमुख अशोकराज गौतमले बताए ।
जिल्लामा अषाढ मसान्तमा कार्य सम्पन्न गरिसक्नुपर्ने काम मसान्तमै सम्पन्न भयपनि कार्यालयको लापरबाही र गैरजिम्मेवारपनले गर्दा आम उपभोक्ता समिति र ब्यबसायिहरू मर्कामा परेका छन्, जिल्लामा काम सम्पन्न भईसकेर भुक्तानि गर्न बाकि रकम २५÷३० करोड रहेको विभिन्न उपभोक्ता समिति र ब्यबसायिको निबेदनमा देखिन्छ भने यता कार्यालयले सम्झौता भईसकेका योजनाको समेत नाप जाँच गरि मुल्याङ्कन गरेर मात्र रकम भन्न सकिने कार्यालयले जनाएको छ । आफुले गरेको कामको रकम भुक्तानि नपायसङ्गै आफुले श्रममा लगाएका कामदारहरू अन्य निर्माण सामाग्रिहरू खरिद गरेका पसलका ब्यबसायिहरूले तिर्न बाकि रकमको लागि ताकेता गरेसङ्गै बाध्यताले सदरमुकाममा आई बस्नु परेको पिडित ब्यबसायिहरू बताउछन् ।








