Loading... आजः २०८२, १५ फाल्गुन शुक्रबार

दैलेख पिनको अध्यक्षमा ईन्जिनियर शर्मा

दैलेख ः प्रोग्रेसिभ ईन्जिनियर एसोसियसन नेपाल (पिन)दैलेखको अध्यक्षमा ईन्जिनियर शैलेश शर्मा सर्वसम्मत चयन भएका छन् ।
दैलेख सदरमुकाममा बसेको दैलेख जिल्ला कमिटिको एकता घोषणा कार्यक्रममा ईन्जिनियर शर्मालाई अध्यक्षको रूपमा सर्बसम्मत चयन गरेको हो । नेकपा निकट शुभेच्छुक संस्थाको रूपमा रहेको ईन्जिनियरहरूको छाता सङ्गठन पिन नेपाल कर्णाली प्रदेशको अध्यक्षमा ईन्जिनियर शर्मा सहित एक्काईस सदसिय जिल्ला कार्यसमिति चयन भएको हो । जसमा अध्यक्ष ईन्जिनियर शैलेस कुमार शर्मा, उपाध्यक्ष ईन्जिनियर देबेन्द्र भट्टराई, सचिव ईन्जिनियर नरेन्द्र भट्टराई, कोषाध्यक्षमा ईन्जिनियर नगेन्द्र थापा रहेका छन्। सचिवालय सदस्यमा ईन्जिनियर हरि बहादुर शाही, ईन्जिनियर देवेन्द्र बहादुर सिंह, ईन्जिनियर याेगेन्द्र बुढा चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा ईन्जिनियरद्वय सुशीला मिश्र, राधा हमाल,पुजा सापकोटा, विशेष शर्मा,रबिन भट्टराई,पवन कुमार कार्कि,बिकास बिष्ट,निकिता थापा,सङ्गिता थापा,रमेश सलामि,निरक खड्का,रणदिप खाण,ईश्वर शाही रहेका छन्।
सल्लाहकार सदस्यहरूमा ईन्जिनियरहरू बालदिप शर्मा,सुरेन्द्र शर्मा,हिक्मत लम्साल,फुलमान तामाङ्ग रहेका छन् । जिल्लामा पेशागत रूपमा लागिपरेका साथीहरूको हकहितमा सदैब आफु लागिरहने र पेशागत मर्यादालाई उच्च बनाउन,आफु अवरात्र खटेर काम गर्ने अध्यक्ष शर्माले बताए ।