Loading... आजः २०८३, ३० भाद्र मंगलवार

प्रकाशक प्याकुरेललाई कोरोना संक्रमण

दैलेख कात्तिक १५ गते ।

विगत तीन बर्षदेखि दैलेखबाट नियमित रुपमा प्रकाशन हुँदै आईरहेको पञ्चकोशी खबर दैनिकका प्रकाशक कुमार प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रकाशक प्याकुरेलको स्वास्थ्य सेवा कार्यालय/दैलेख अस्पतालमा बिहीवार स्वाब संकलन गरिएको थियो । दैलेख अस्पताल पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । उनी हाल दैलेख अस्पतालको कोभिड–१९ आइसोलेसन अस्पतालमा उपचाररत छन् ।
सामान्य रुघाखोकी देखिएपनि जटिल खालको लक्षण भने नदेखिएको उनले बताए । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । आफुलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा रहेका प्याकुरेलले आफुसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् । उनि पञ्चकोशी खबर दैनिक र पञ्चकोशी खबर अनलाईनका सञ्चालक एवं रफत सन्चार क्लव दैलेख शाखाको अध्यक्ष र सगरमाथा टेलीभिजनको दैलेख जिल्ला प्रतिनिधि हुन् । कोरोना संक्रमणको उच्च जोखिम रहेको दैलेखमा कार्यरत अन्य पाँच जना पत्रकारहरुलाई समेत कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

समाचार

सम्बन्धित समाचार