Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

बिघालय परिवारद्वारा अाईसाेलेशन अस्पतालमा फलफुल बितरण

दैलेख ः नारायण नगरपालिका ८ मा रहेकाे अाईसाेलेशन अस्पतालमा सरस्वति माध्यमिक बिघालय तर्ताङ्ग बिघालय परिवारले फलफुल बितरण गरेकाे छ ।

मङ्गलबार बिघालयमा प्रधानाध्यापक जिवराम तिमिल्सेना सहितकाे शिक्षकहरूकाे समुहले अाईसाेलेसनमा उपचाररत २५ जना काेराेना सक्रमितहरूलाई भेटघाटसङ्गै फलफुल बितरण गरेका हुन् ।फलफुल बितरणमा प्रधानाध्यापक तिमिल्सेनाले काेराेना सक्रमणपछिका अवस्थामा अाउने जटिलताहरूलाई सहज रूपमा लिई अात्मबल बलियाे बनायर चिकित्सकहरूकाे सल्लाह बमाेजिम नियमित अाैषधि सेवन गरे,छिट्टै निकाे हुने भन्दै सबैकाे स्वास्थ्यलाभकाे कामना पनि गरेका छन् ।

फलफुल बितरणमा प्रधानाध्यापक तिमिल्सेना सङ्गै सहायक प्राचार्य लाेकेन्द्र कुमार जिसि कुमार लगायत शिक्षकहरूकाे उपश्थिति थियाे। काेराेना सक्रमण भई हाल दैलेख स्थित अाईसाेलेसन अस्पतालमा उपचार गर्ने २५ जना उपचाररत छन् ।जसमा ३-४ जना सक्रमित बाहेक अन्य अरूकाे अवस्था सामान्य रहेकाे अाईसाेलेशन श्राेतले जनाएकाे छ ।

समाचार