Loading... आजः २०७८ बैशाख २३, बिहीबार

मेरो साथी (किवता)

मेरो साथी
राष्ट्रियताका विषयमा पढाउँदै हिड्थ्यो
घुषखोरी र अन्यायका बिरुद्धमा भाषण गथ्र्यो
र ग्वारग्वार्ती ताली पाउँथ्यो
मेरो साथी बेरोजगार यूवालाई सपना बाँड्थ्यो
र झण्डा समाउँने जागिर दिन्थ्यो
शहरका ठूला होटलमा बसेन ऊ
गाउँका साना झोपडीमा बस्यो
र नाता लगाएर भात खायो
असार पन्ध्रमा बाउसेलाई पसिनाको इतिहाँस सिकायो
विध्यालयका नानीबाबुलाई
तानाशाह र बादशाहको उदाहरण दिन्थ्यो
गाउँलेहरलाई
रुसी क्रान्ती र फ्रान्सेली क्रान्तीका बारेमा भन्थ्यो
मुसोलिनी र हिटलरका जीवन संघर्षका बारेमा भन्थ्यो
माहात्मा गान्धी र अब्राहम लिंकनको राष्ट्रबाद बारे बताउँथ्यो
कोही पढ्न छोडेर,कोही आफ्नो धन्दा छोडेर
उसका कुरा सुन्थे, उसको पछी लाग्थे
ऊ,च्यातीएको झोला बटुवा धागोले तुन्थ्यो
र त्यही झोला बाकेर हिड्थ्यो
फित्ता चुटेका चप्पलहरु टाल्दै
गाउँका बस्ती बस्तीमा जान्थ्यो
मेरो साथी च्यातीएको पैन्ट टालै टाला हालेर लाउँथ्यो
ठूला कुरा कहिल्यै गर्थेन ऊ,
टोल छिमेकमा, नाता पातामा गएर
सच्चो बिसन्चो सोधिहाल्थ्यो
बोलीमा मह भथ्र्यो
टाठाबाठा भनाउँदाहरुलाई पनि मख्ख पाथ्र्यो

यो नै उसको माथी जाने काईदा रहेछ
मेरो शाथी देश हाक्ने नेता भयो
हामीले छाती थाप्यौँ
हामीले टाउको थाप्यौँ
हामीले आफ्नो धन्दा छोड्यौँ
हामीले हाम्रो पढाई छाड्यौँ
आँधी हुरी संग लड्यौँ
उसको सिद्धान्तलाई विजयी बनायौँ
जन्ताको विजय भयो भनेर मख्ख भयौँ
तर त्यसो रहेनछ
हाम्रै छाती र टाउकाको भड्याङ बनाएर
जब ऊ नेता भयो
विजय उसको मात्र भयो
उसको धन कमाउने सपना शाकार भयो

उ शहर जानका लागि नेता भएछ
घर घडेरी र सम्पती कमाउनका लागि नेता भएछ
जन्तासंग गरेका सम्झौताका सही छाप
सिगाँन पुछेर फाल्ने कागज बनायो
मेरो साथी,जब कार्पेट ओछ्याएर हिड्ने भयो
पंजेरोमा गुड्ने अनि जहाजमा उड्ने भयो
तब उसले गाउँका भिर पाखा बिर्सिदियो

मेरो साथी गरिबमारा ठेकेदार र ब्यबसायीहरुको
विल मिलाउने सचिव भएको छ अचेल
ठमेलका रेष्टुराँमा
सेकुवा र मःम खाँदै
सिन्कोले दाँत घोचेर ड्याम्म डगार्छ,अनि
दलाल ठेकेदारहरुलाई फोन गरेर पैसा माग्छ
आज भोली महँगा टिभि च्यानल र
शरकारी रेडियोमा आउँछ
अन्तरबार्ता दिन्छ
हामीलाई सपनाको सगरमाथा चढाएर
मेरो साथी,सुटुक्क सिंह दरबार छिर्यो
चन्द्र रावत गुराँस
दुल्लू नगरपालीका ७, दैलेख