गुराँस भ्यु टावर अवलोकन गर्न अब शुल्क तिर्नुपर्ने

दैलेख ः दैलेखको गुराँस गाउँपालिकामा नबनिर्मित गुराँस भ्यु टावर अवलोकन गर्न अब शुल्क तिर्नु पर्ने भएको छ । उघोग बन पर्यटन मन्त्रालय सुर्खेतको आर्थिक सहयोगमा डिभिजन बन कार्यालय दैलेखद्वारा निर्माण सम्पन्न गरिएको उक्त भ्यु टावरमा अबलोकन गर्न अब प्रती ब्यक्ति २० रूपया तिर्नु पर्ने भएको छ ।
जिल्ला बन कार्यालय दैलेखद्वारा निर्माण कार्य थालिएतापनि निर्माण कार्य सम्पन्न भईनसकेको अवस्थामा स्थानिय श्री सरस्वति सामुदायिक बन उपभोक्ता समिति दैलेखलाई भ्यु टावर अबलोकनको रेखदेखको जिम्मा दिएको श्री सरस्वति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष निराजन कुमार बिसिले बताए । प्रदेश सरकार डिभिजन बन कार्यालय,गुरास गाउपालिका,र सामुदायिक बन उपभोक्ता समितिहरूबिचको चारपक्षिय छलफलबाट सामुदायिक बनले शुल्क उठाउन पाउने निर्णय गरेको समितिका सदस्य कुल बहादुर थापाले बताए ।
भ्यु टावर छ निर्माण कार्य सम्पन्न भईसकेको छैन,यो बर्ष थप बजेट पर्ने सम्भावना छैन,सौचालय छैन भ्यु टावर आसपास जथाभावि फोहोर मैलाले दुर्गन्धित हुँदै गईरहेको अवस्थामा भ्यु टावर अवलोकन गर्नेहरूवाट थोरै भयपनि शुल्क लिई सौचालय लगायतका अन्य ब्यबस्थापनका काम गर्नका निमित्त यो शुल्क निर्धारण गरिएको समितिका सदस्य थापाले बताए । टावर अबलोकन गर्न आउनेमध्य बृद्व जो ७० बर्ष पुगिसकेको र बच्चाहरूमा ५ बर्ष मुनिकाहरूलाई भने शुल्क नलाग्ने भएको छ , बिघार्थिको हकमा भने १५ प्रतिशत छुट रहने समितिले जनाएको छ ।




