Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

माननीय पार्वतीकुमारी विशुन्केद्धारा दुई अस्पतालको शिलान्यास

दैलेखः नेपाल सरकारले संविधान संवत जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्नका लागी ७७ वटै जिल्लाका स्थानिय तहमा १५सैय्या सम्मको अस्पताल निर्माण गर्ने नीति तथा कार्यक्रम रहेकोले छ । यसलाई कार्यान्वन गर्न १५ गतेका दिन देशभरीका ३९६ स्थानिय तहमा एकै पटक अस्पताल शिलान्यास भएको हो ।
दैलेख जिल्लामा ७ वटा पालिकामा यो परेको छ । जस अन्तरगत जिल्लाको नौमुले गापाको नौमुले र गुराँस गापाको रतिखोलामा १५/१५ सैय्याको अस्पताल एकै दिन प्रतिनिधि सभा सदस्य पार्वती विशुन्केले शिलान्यास गरेकीछन्  ।

देशभरी कुल लागत अनुमान ६ अरब भन्दा बढी रकमबाट २ बर्ष भित्र एकै डिजाईनका ३९६ अस्पताल ५ देखि १५ सैय्या सम्मको बनाईने र ५ सैय्याको अस्पतालमा १ मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी, १० सैय्याको अस्पतालमा २ मेडिकल अफिसर १७ जना स्वास्थ्यकर्मी र १५ सैय्याको अस्पतालमा ३ मेडिकल अफिसर सहित २७ स्वास्थ्यकर्मी व्यवस्था गरिने सरकारको योजना रहेन माननीय पार्वती विशुन्केले बताइन ।
उनले थपिन आधारभुत स्वास्थ्य सेवामा सबै जनताको पहुँच पुर्याउने उदेश्यले यो कार्यक्रम लयाईएको र यसले जनाको मन जित्न सक्ने जिकिर गरिन
आधारभुत स्वास्थ्य उपचार नपाएर रोगलाई पालि बस्ने दिन जाने भए, हामीले विश्वास गरी पठाएका जनप्रतिनिधिले हाम्रो मर्का बुझे भनि गुराँस र नौमुलेबासी लगायत स्थानिय जनप्रतिनिधि हर्षित भएको गुराँस गापा अध्यक्ष खेम वली बताउँछन भने सरकारको यो जनमैत्री काम भएकाले यस्लाई समयमै निर्माण गरी द्रुत गतिमा जनतालाई सेवा दिनु पर्ने नौमुले गापा उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष अमृता सिंहले बताएकी छिन ।

समाचार