अन्तराष्ट्रिय म्याराथुन प्रतियाेगितामा दैलेखका थापाले चुमे मेडल
दैलेख ः मकाउ सरकारले हरेक बर्ष अायाेजना गर्ने अन्तराष्ट्रिय म्याराथुन प्रतियाेगितामा नेपालकाे तर्फबाट भाग लिएर निर्धारित समयभन्दा अगाडिनै दैलेखका थापाले दाैड पार गरेका छन् ।
मकाउ सरकारले हरेक बर्ष डिसेम्वर ६ मा अायाेजना गर्ने अन्तराष्ट्रिय म्याराथुन प्रतियाेगितामा बिश्वभरिकाे मानिसहरूले सहभागिता जनाउने गर्छन् । ४२ किलाेमिटरकाे दुरि ५ घण्टामा पार गर्नुपर्ने उक्त म्याराथुनमा बिश्वभरिका १४ हजार भन्दाबढिका मानिसहरू सहभागी रहेकाे उक्त म्याराथुन दाैडमा नेपालकाे तर्फबाट दैलेख जिल्ला भैरबि गाउपालिका वाड न १, निवासि प्रेम थापाले ५ घण्टा समयसिमा रहेकाे दाैडमा निर्धारित समयभन्दा, डेढ घण्टा अगाडिनै उक्त दाैड पार गरेका हुन् ।
उनले उक्त म्याथुन दाैड पार गरे सङ्गै उनलाई मकाउ सरकारले मेडल र पुरस्कारले सम्मानित गरेकाे थियाे । जन्मघर दैलेख रहेपनि सिगाे नेपालकाे तर्फबाट प्रतिनिधित्व गरेका थापाले सिगाे नेपालकाे सिर उच्च राखेका हुन्।
थापा म्याराथुन दाैडमा दाैडदै गर्दा उनकाे शिरमा नेपाली ढाका टाेपिले राष्ट्रियता प्रतिकाे माया झल्कन्थ्याे । स्थायि घर दैलेख भएका थापा कामदारकाे रूपमा मकाउमा बस्छन् । कामदारकाे रूपमा मकाउ गएका थापा दिनभर ड्युटि गर्नुपर्ने र बाकि रहेकाे समयमा म्याराथुनकाे अभ्यास गर्नु पर्ने कारणले उनमा निकैनै कम अाशा थियाे, कम्पनिसङ्ग अनुराेध गरेर छुट्टिकाे समयकाे बहाना बनायर म्याराथुनमा सहभागी भयका थापा अन्तत सफल भए, उनी भन्छन, १२ घण्टाकाे लामाे ड्युटि,कामले थकित,हाैसला थियन ४२ किलाेमिटरकाे म्याराथुन दाैड,५ घण्टामा पार गर्नुपर्ने निकैनै कठिन थियाे,तर सफल भए खुसि लागेकाे छ, अनि गाैरब छ नेपालि हुनुमा, उनी थप्छन, दाैडने क्रममा करिव ३० किलाेमिटरकाे सेराेफेराेमा खुट्टा चलेन समस्या अायाे, स्वयमसेवकले खुट्टामा स्प्रे छर्के अलि ठिक भएकाे महशुश भयाे फेरि पनि दाैडे,तर सफल भए उनि बताउछन् ।