‘लोकमार्ग खुलेपछि चम्किदै बेस्तडा’
दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा यतिवेला विकासले चम्किैदै गरेको छ ।
दैलेख सदरमुकामाबाट पुर्वमा पर्ने गाउँपालिकाले विकासमा गति लिए संगै चम्किदै गरेको हो । यस गाउँपालिकाको अवस्था केही बर्षअघिसम्म यस्तो थियो, यहाँका अधिकाँश नागरिकको रोजिरोटि भारतमा निर्भर हुने गरेको थियो, यस गाउँपालिकाका नागरिकहरु गाउँपालिकाको विकास संगै गाउँमै रोजगारीको अवसरहरु आउँन थालेकोले अब रोजिरोटि कै लागि विदेश तथा तेस्रो मुलकमा जानु पर्ने अवस्थाको जटिल परिस्थीति केही कमहुने आशामा रहेका छन् ।
गाउँपालिका लगायत जिल्लामा विकासको गति सुस्त भएको कारण नागरिक निरास भएको अवस्थामा भगवतीमाई गाउँपालिकाको केन्द्र भएर जाने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणसँगै विकासको ढोका खुलेको छ । पहिले सुनसान हुने गाउँमा विकासको आशा पलाएको छ । विकासले उनिहरुको आर्थिक अवस्थामा सुधार आउन थालेको छ । लोकमाग संगै गाउँपालिका भित्रका ७ वटै वडा कार्यालयहरु सडक सञ्जालले जोडिएका छन् । गाउँपालिकाका सबै वडामा सडक पुगेपछी नागरिकको दैनिकी फेरीएको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।
‘लोकमार्ग खुलेपछि बेस्तडामा बजार चम्किएको छ । व्यापाररव्यवसाय पनि फस्टाउँदो छ’, भगवतीमाई गाउँपालिका दैलेखका नारायण अधिकारी भन्छन्, ‘अन्य स–साना बजार विस्तार हुने क्रम तीव्र छ । हामी गाउँका नागरिकलाई बजारसम्म जाड्दै दैलेख सदरमुकाम जाँदा पहिले हिडेर १ दिन लाग्ने परिस्थीतिको अन्त्य भएको छ । अहिले विहाना सदरमुकाम गएर काम गर्री र साँझ घर फर्कन सकिन्छ । सानो तिनो काम गाउँपालिका बाटै हुने गरेकोले गाउँपालिकामा काम गरेर घरको काम समेत गर्ने सहज भएको छ ।
लोकमार्गअन्तर्गत कर्णालीका रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुदूरपश्चिम प्रदेशको अछामसम्म गरी ४ सय ४० किलोमिटर पर्छ । दैलेखको राकम प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्ग दुवैले छुने भएपछि राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरू बस्न आउने गरेका छन् । स्थानिय सरकार पनि यस क्षेत्रमा पुगेको छ आवतजावतको लागि हिड्नु पर्ने बाध्यताको अन्त्य समेत भएको छ
चामुण्डाविन्द्रासैनी नगरपालिकाकामा पर्ने ‘लैनचौरको गाउँसमेत बजारमा परिणत सम्बन्धीत स्थिानियले बताएका छन् । लोकमार्गका कारण स्थानीय कृषिजन्य बस्तुले बजार पाउन थालेका छन । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ ।
लोकमार्ग आयोजना कार्यालय दैलेखअन्तर्गत लुम्बिनी प्रदेशको रुकुम पूर्वबाट सुदूरपश्चिमको अछामसम्म निर्माण कार्य तीव्र गतिमा छ । यो खण्डको स्तरोन्नति अन्तर्गत सडक ग्राभेल, कालोपत्रे, पुल निर्माण लगायत काम धमाधम भइरहेका छन् । रूकुमपूर्व र रुकुम पश्चिमअन्तर्गत १ सय २५ किलोमिटरमध्ये ४६ किमि कालोपत्रे भइसकेको इन्जिनियर मनीष सिंह बताउँछन् ।
जाजरकोट खण्डमा पर्ने ८३ किमि भने कालोपत्रेको काम बाँकी छ । दैलेख खण्डको १ सय २५ किमिमध्ये १९ किमि कालोपत्रे भइसकेको छ १९ किमी मध्ये भगवतीमाई गाउँपालिका भित्र १२ किमी कालोपत्रे भइसकेको र अन्य कालोपत्रेको काम भइरेहेको जानकारी आएको छ यस गाउँपालिका भित्र राजमार्गको जम्मा २६.५ किमी पर्दछ भने जस मध्यको १२ किमी पिच भएको हो । चालु वर्ष ३५ किमि कालोपत्रे सम्पन्न हुने इन्जिनियर सिंह बताएका छन् । उनका अनुसार बाँकी खण्डको पनि स्तरोन्नतिको भईरहेको छ ।
अछाममा १ सय ७ किमिमध्ये १ सय २ किमि कालोपत्रे भई सञ्चालनमा आएको छ । बाँकी पाँच किमि फागुनभित्र कालोपत्रे भइसक्ने आयोजनाको दाबी छ । यो खण्डमा नौ वटा पुल निर्माणाधीन छन् जस मध्ये २ वटा पुल भगवतीमाई गाउँपालिका भित्र पर्देछन ्। पुल निर्माण, ग्राभेल, सडक कालोपत्रेलगायत कार्यका लागि २९ वटा ठेक्कामार्फत काम भइरहेको छ । ती ठेक्का अन्तर्गत ४२ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर सिंहको भनाइ छ । रुकुम पूर्वबाट अछामसम्मको खण्डमा ४ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।





