Loading... आजः २०८३, ५ बैशाख शनिबार

रोकिएको टावर निर्माण गर्ने सहमती


जाजरकोटः जाजरकोट जिल्लाको छेडागाट नगरपालिका वडा न.२ मा पर्ने नमस्तेको टावर निर्माण गर्ने सहमती भएको छ ।
जिल्लामा निर्माण गर्न लागेको टावरले यस क्षत्रका धेरै जनसंख्याले लाभ लिने भए पनि निर्माण गर्नेको लागि सम्झौता भएको ठेकादारले सम्झौता अनुसार काम नगरेकाले तेस्रो पक्षले टावर निर्माण गर्ने गरी सहमति भएको वडा अध्यक्ष बालकृष्ण बुढाले जानकारी दिए ।
अस्टर टेल सर्विस नेपाल प्रा.लिले टावरको जिम्मा लिए पनि टावर समयमै निर्माण नभए पछि टावर निर्माणको काम तेस्रो पक्षलाई दिइएको हो । चारलाख अठत्तर हजार रुपयाँमा निर्माण गर्ने गरि भएको सहमतिमा उक्त कम्पनीले हाल सम्म टावर निर्मार्ण नगरिदिँदा समस्यामा परेको स्यानिय बासिले बताएका छन् । हाल भने उक्त टेलिकमको टावर तिनलाख अठत्तर हजार रुपयाँमा बनाउने गरि सहमति भएको छ ।
हेनुहोस यस्तो छ सहमति पत्र

समाचार