Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ


दैलेख ः दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका हुन ३८ वर्षीय बाबुले आफ्नै १४ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । निजलाई पक्राउ गरी कानुन बमोजिम मुद्दा दर्ता भई निज परिवर्तित नामथर ६२ दैलेख “घ १८” लाई जिल्ला अदालत दैलेखबाट म्यादथप अनुमती प्रदान भई आएको हुँदा निजलाई यस कार्यालयको हिरासतमा राखी अनुसन्धान भईरहेको डिएसपि श्रेष्ठले जानकारी दिए ।

समाचार