पढ्ने रहर छ, हामीलाई कसले पढाउँछ

दैलेख (आग्रा) : ठाटीकाँध गाउँपालिका –५ टमटाटोलका ११ बर्षिय प्रेम विक बाबुको मृत्यु हँदा ५ बर्षका थिए भने उनका भाई १ बर्षका थिए । प्रेमबहादुरले बाबुको अनुहारको केही सम्झना भए पनि पैल विक बाबुबारे बेखवर छन् । उनले बाबुको माया अपांग आमाले दिने गरेकी छन् ।
अपांग पत्नीलाई छोडेर रोजी रोटीको लागि भारत छिरेका रुपाका पतिको भारतमै मृत्यु भयो । बाबुको मृत्यु र आमा अपांग भएपछि भाई पैलको र आमालाई हेरचाहको जिम्मा प्रेमबहादुर विकको काँधमा थपिएको छ । प्रेमको दिनचार्य विहान उठने वित्तिकै खाना पकाउने आमालाई खुवाउने,भाईलाई स्कुल पठाउने गर्छन । कलिलै काँधमा घरको जिम्मेवारी थपिएपछि उनको पढाईतिर उत्तिकै लगाव छ ।
फुर्सदको समयमा पढी हाल्छु । भाईलाई पनि सिकाउँछु । आमालाई पनि सहयोग गर्छु । पढने त रहर छ । हामीलाई कसले पढाई देला । आमा अपांग छन बाबुको मृत्यु भईसक्यो । पढने रहर भएर के गर्ने । पढेर जागिर खाने पैसा कमाउने उनको सपना छ ।
सानै उमेरमा आमा घाईते भएपछि पैसा अभावले उपचार गर्न नपाएको प्रेमले दुखेसो पोखे । पैसा भईदिएको भए । आमाको उपचार हुन्थ्यो ।पैसा भएन । गाउँका साहुँ महाजनले पत्याएनन । हामी गरिव पैसा अभावले जीवनभरि अपांग भएर बाच्नुपर्ने बाध्यता आयो, उनले भने ।
छरछिमेकी आफन्तको सहायताले रुपाले दुईछोरा पाल्दै आएकी छन् । म आफु केही पनि गर्न सक्दैन । जेठाजुले सबै काम गरिदिन्छ । म त अरुको सहायताले दिशापिसाब गर्न जानुपर्छ रुपाले पिडा सुनाईन । ७ बर्ष अघि नजिकैको जंगल उकाली मोडमा घाँस काट्न जाँदा भिरबाट चिप्लिएर घाईते भएकी थिईन । सुर्खेत,नेपालगञ्ज गएर औषधी उपचार गर्ने पैसा नहुँदा उनको नजिकैको स्थानीय मेडिकलमा उपचार गरियो । तर सञ्चो भएन । जीवनभर अपांग भएर बाँच्नु पर्ने रहेछ ,रुपाले दुखेसो पोखिन ।
उनको जग्गा जमिन केही पनि छैन । सानो घर छ । गएको बुधवार दिउँसो रुपामा आंगनमा घाम तापिरहेको बेला घर आफै भत्कियो । धन्य घरभित्र भएन र बाँचियो । घरमा भएको भए,चेपिएर मर्ने थिए । छोरा टुहुरा हुने थिए । घर भत्किएको दिन रुपा खुल्ला आकाशमा दुई छोरा सँग आगो तापेर विताएको पिडा सुनाए । ठाटीकाँध गाउँपालिकाकाले अपांग भनेर चौमासिक १२ हजार सामाजिक सुरक्षा भत्ता दिन्छ । त्यही पैसाले खाना खर्च चलाउँछु । छोरा साना छन् । पढने रहर गरेका छन् ।कापि झोला र डटपेन किन्ने पैसा छैन । हामी गरिवको त भगवान पनि हुँदो रहेनछ,उनले दुखेसो पोखिन । रुपाका दुईवटै छोरा ठिमुरे प्रावि आग्रा कक्षा ३ र कक्षा १ मा अध्ययनरत छन् ।







