जिल्ला क्रिकेट संघ दैलेखको अध्यक्षमा : थापा
दैलेख ः जिल्ला क्रिकेट संघ दैलेखको अध्यक्षमा मौसम थापा सर्वसम्मत निर्वाचित भएका छन् । दैलेख सदरमुकाममा जिल्ला क्रिकेट संघ दैलेखले आयोजना गरेको प्रथम जिल्ला अधिबेशनले थापा लगायतको पहिलेनै रहेको जिल्ला तदर्थ समितिलाई मान्यता दिदै थापाको अध्यक्षमा जिल्ला कार्य समिति गठन गरेको हो । जसमा अध्यक्ष मौसम कुमार थापा मगर, उपाध्यक्ष केशव शाही, सचीव रमा कुमारी थापा सह–सचिव राजेश नेपाली, कोषाध्यक्ष सन्जीब बि.सी बरिष्ठ सदस्य बिनोद कुमार श्रेष्ठ , रुपक थापा , प्रकाश गहतराज, मनोज नेपाली , कुमार नेपाली , दान बहादुर शाही रहेका छन् । तेस्तै सल्लाहकार समितीका सदस्यहरूमा दिपक सोनी, अभिषेक अनुराग, सन्देश कुमार श्रेष्ठ, भुपेन्द्र शाही , दिपक सिजापती, भिम सिजापती रहेका छन् ।
तदर्थ समितिका अध्यक्ष मौसम कुमार थापा मगर को अध्यक्षतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथि क्यानका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संयोजक पदम बहादुर खड्का बिषेश अतिथि जिल्ला खेलकुद बिकास समिती दैलेखका अध्यक्ष दिपक सिजापती र सुर्खेत क्यानका अध्यक्ष श्रीधर के सीको उपस्थितिमा जिल्ला अधिवेसन सम्पन्न भएको हो । खेल क्षेत्रबाट युवाहरु माझ सहकार्यको भावना उजागर गर्नुका साथै भबिष्यमा अन्तरास्ट्रिय खेलाडी जन्माउन मद्दत गर्ने उद्देश्य तर्फ आफु लाग्ने नबनिर्वाचित अध्यक्ष थापाले बताए ।
