Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा पौडेलको उम्मेदवारी

दैलेखः नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । जेसिज अभियानमा छोटो समयमा नै आफ्नो अमुल्य समयका बाबजुद पनि सामाजिक कार्य, युवा नेतृत्वमा अग्रसर कर्ममा बिश्वास गर्ने स्पष्ट बक्ताको छवि बनाएका पौडेल नेपाल जेसिजको सन् २०२१ मा हुन लागेको राष्ट्रिय महाधिबेशनमा २०२१ को लागि राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । दैलेख जेसिज २०२० मा शाखा अध्यक्ष हुँदै गर्दा क्षेत्र ३ तर्फ २०२०को सेप्टेम्वर महिनामा शाखालाई उत्कृष्ठ शाखाको रूपमा परिचित गराएका पौडेलले राष्ट्रिय उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । सामाजिक कार्यमा अत्यन्त रुचि राख्ने स्वभावका पौडेलले जिल्ला अध्यक्ष भएलगत्तै जिल्लामा थुप्रै सामाजिक कामहरू गरेर जेसिजलाई परिचित गराईरहेका छन् ।
शाखा स्थापनाको २२ बर्षसम्म राष्ट्रिय समिकरणमा धेरैलाई मन र मत दिईसकेको बताउदै, पहिलो पटक दैलेख जस्तो दुर्गम जिल्लाबाट राष्ट्रिय उपाध्यक्षमा प्रकाश पौडेललाई सगौरब प्रस्तुत गरिएका पुर्व अध्यक्ष चेतन बिष्टले बताए ।
२२÷२२ पटक हामिहरूले तपाईहरूलाई सहयोग गर्याै, मन मत सबै दियौ, अब देशभरका १५६ शाखामा रहनु भएका समकालिन ज्युहरू, कार्यसमितिका सदस्य ज्युहरू जेसिज मनहरूले आफुलाई सहयोग गर्न पौडेलले आग्रह गरेका छन् । कर्ममा बिश्वास गर्ने स्पष्ट बक्ता, जहाँ लागिन्छ तेहा राम्रो गर्नुपर्छ भन्ने सोच राख्ने दृढ शक्ति भएका पौडेल १५६ शाखाका जेसिजमनहरूबाट सहयोग रहने कुरामा ढुक्क छन् र सबैसङ्ग आग्रह गरेको पौडेल बताउछन् ।

समाचार