Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

गुराँस गाउँपालिकामा १० सैयाकाे कोभिड अस्पताल निर्माण

दैलेख ः दैलेखको गुराँस गाउँपालिकाले कोभिड विशेष अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरेको छ ।
गाउँपालिकाको केन्द्र गुराँसे बजारमा निर्मित कोभिड अस्पताल गुराँस गाउपालिको ५२ लाख रूपयाको लागतमा १० सैयाको पक्कि भवन निर्माण सम्पन्न भएको हो ।
बिश्वब्यापि रूपमा महामारीको रूप लिई फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारणले सक्रमण भई थप उपचारको लागि जिल्ला सदरमुकाम वा सुर्खेत झर्नु पर्ने बाध्यता रहेपनी अस्पताल निर्माण भए संगै यस्तो अवस्थाको अन्त्य हुन भएको छ ।
गाउँपालिकाले आफ्नो गाउपालिका बासिहरूलाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रदान गराउने उदेश्यका साथ गाउँपालिकाको गुराँसे बजारमा पक्कि सरचनामा साथै सुबिधा सम्पन्न भवन निर्माण गरिएको स्वास्थ्य शाखाका प्रमुख जगत बहादुर थापाले बताए । गाउँपालिकाले निर्माण गरेको कोभिड विशेष अस्पताल निर्माण पश्चात् कोरोना लागेकै कारण गाउपालिकाबाट अन्यत्र आईसोलेसनमा बस्नु पर्ने बाध्यता समेत टरेको स्थानिय कुल बहादुर थापाले बताए ।

समाचार