गाउँकै अगुवा कृषकः खत्री
दैलेखः दैलेख नारायण नगरपालिका –१ कुईकानाका ४८ बर्षिय चक्रबहादुर खत्री गाउँकै अगुवा कृषक कहलिएका छन् । तरकारी खेतीबाट बार्षिक ३ लाख आम्दानी गर्छन । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेका हुन् । शारिरीक रुपमा फरक क्षमता भएका खत्री अन्य मानिस सरह आवतजावत गर्न सक्दैन । लट्ठीको सहाराले हिडडुल गर्छन ।
त्रिभुवन नमुना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका थिएनन् । अन्य मानिस सरह नै हिडडुल गर्थे । गाउँमा नयाँ घर बनाउदै गर्दा नशामा समस्या आएपछि १७ बर्षपछि यो समस्याको आएको खत्रीले भने,“विभिन्न अस्पतालमा गएर चेकजाँच गरियो । जोर्नीको नशामा समस्या छ । सञ्चो हुदैन भनेपछि घरमा बस्नु बाहेक अर्को विकल्प रहेन । सधै काम गरेको म घरमा बस्दा बस्दै दिक्क लाग्न थालेपछि विस्तारै तरकारी खेती गर्छू भन्ने सोच आयो । त्यही सोचलाई शक्तिमा बदलियो । तरकारी खेतीतिर लागे । आजभोली त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषकका नाममले चिनिएको छु । खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ ।” ‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क परे । मैले एउटै बोट काउलीमा ५ देखी ७ किलो सम्मको उत्पादन गरेको छु । आजभोली नै टमाटरको एउटै दानामा १७ दाना फलेका छन । टमाटरको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाए । सबै भन्दा बढी पैसा आउने तरकारी मध्ये टमाटर नै हो’ उनले भने ।
खत्री बुबा कृषि कार्यालयका कार्यालय सहयोगी हुन् । बुबाको प्रेरणाले म सफल तरकारी कृषक बनेको हौं । तरकारी व्यवसायको लागि मलजलको पहिलो आवश्यकता हो । मल विना माटोमा कुनै चिज उत्पादन गर्न सकिदैन । खत्रीले तरकारी खेतीको लागि बाख्रा,भैसी,गाई पालेका छन् । कम्पोष्ट मल हालेर तरकारी उत्पादन गर्छन । १२ जनाको परिवार यही तरकारी खेतीबाट पाल्ने गरेको चक्रबहादुरले बताए । मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु । परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु । तरकारी खेतीबाट बार्षिक ३ लाख सम्म कमाउने गरेको छु । खत्रीले ४ रोपनीमा तरकारी खेती गरेका छन् ।
खत्रीले बारीमा मौसमी बेमौसमी सिमी,आलु,टमाटर,काउली,बन्दाकाउली लगाएका छन् । तरकारीले गरा हराभरा देखिएका छन् । दैलेख क्षेत्र –२ जाने मुलबाटो तरकारी खेती भएकाले अधिकाँश हिडडुल गर्ने बटुवाले समेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताए । पहिला म अपांग हुँदा केही गर्न सक्दैन । अब घरवार हुदैन भनेर गाउँलेहरुले कुरा काट्थे । आजभोली छोरोको तरकारी प्रतिको लगाव र आम्दानी देखेर गाउँ नै छक्क परेका छन् । चिया चौतारामै मेरै छोराको लख काटछन् । छोरो हुनु त चक्रबहादुर जस्तो भनेर कृषकका बुबाले खुलासा गरे ।
तरकारी व्यवसाय खत्री भने, अधिकाँश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्छन । कतिले मान्छन । कति मान्दैनन् । स्वदेशमा पसिना बगाए सुन फल्छ उनको भनाई छ । स्वदेशमा पैसा छैन भनेर विदेशमा भौतारिने युवा अल्छी भएर विदेशिएको बताउँछन् । विदेशमा काम नगरेर पैसा पाईन्छ भनेर ऋण काढेर खाडीमुलुक जान्छ । त्यहाँ गएपछि काम गर्नुपर्दौरहेछ भनेर थाहा पाएर आउँछन् । स्वदेशमै काम गर्न थाल्छन । पहिलेदेखी आफ्नै माटोलाई गोडमेल गरे विदेशमा जानुपर्दैन थियो । उत्पादन गर्नको लागि स्वयमं व्याक्ति माटोको जीवाणु नै हुनुपर्छ,खत्रीले थपे ।
खत्रीले १५ बर्ष अघि कृषि कार्यालयबाट लिएको ४० हजारको पोलिसहाउस अनुदान बाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट अनुदान लिएका छैनन् । गतबर्ष वडाकार्यालय पोलिहाउस लागि प्लास्टिक दिएको एक सिजनको तरकारी उत्पादन नहुँदै च्यातियो । कमसलको प्लास्टिकले भएकोले च्यातिएको हो । सरकारी अनुदानमा समेत घोटाला हुने गरेकाले कृषकले कहिल्यै पनि राम्रो सँग सरकारी अनुदानको प्रयोग गर्न पाएका छैनन् । तरकारीको बजार विक्रीको लागि समस्या छैन । घरमै आएर लैजान्छन् । वडाकार्यालयले बेलैमा विउविजन बेलाबेलामा कृषि प्राविधिक पठाएदिए तरकारी खेतीमा के रोग लाग्यो उपचार खोजिने थियो वडाकार्यालयबाट मेरो आशा यही नै हो उनले थपे ।




