Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

बलात्कार पीडित अपाङ्ग महिलालाई इन्सेकको सहयोग

दैलेख ः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखको आठबीस नगरपालिका–१ सात्तलाकी बलात्कार पीडित शरीरले अपाङ्ग ३८ वर्षीया एकल महिलालाई १० हजार रुपैंयाँ सहयोग गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सहायता कोषबाट प्राप्त सो रकम नेपाल बार एशासियसनका जिल्ला अध्यक्ष अधिवक्ता माधवराज अधिकारीले बुधबार दैलेख सदरमुकाममा एक समारोहवीच हस्तान्तरण गरेको हो ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिव नबिन शर्मा, रिपोर्टर्स क्लवका जिल्ला अध्यक्ष अभिशेक अनुराग, पत्रकारहरु भरतराज अधिकारी, हिम सिजापति, यामराज बिष्ट समेतको रोहवरमा पीडित महिलालाई दिइएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
जिल्लामा हिंसा पीडित एक जना महिलालाई सहायता गर्न सकिने रकम गाउँकै एक २८ वर्षीय पुरुषबाट मंसिर १० गते राति घरमै बलात्कार भएको विषयमा कानूनी प्रक्रिया अघि बढेपछि आरोपित फरार भएका छन् ।


तीन सन्तानकी आमा ती महिलाका पतिको तीन वर्ष अघि निधन भएको थियो । शारीरिक रुपमा असक्त भएको कारण उनले मजदूरी पाउनु पनि मुश्किल भएको कारण घरखर्च र बालबालिकाको पठाई लेखाई गर्न कठिनाई भएको छ ।
इन्सेकले गरेको १० हजार रुपैंयाँ सहयोग लिन सदरमुकाम आएकी पीडित महिलालाई नेपाल बारका जिल्ला अध्यक्ष माधवराज अधिकारी, दैलेखका व्यापारी मनोज थापा र शुभचिन्तकहरुले २२ सय रुपैंयाँ यातायात खर्च, स्वीटर र जुत्ता किनेर दिएको पनि इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी पञ्चकोशी खबर दैनिकलाई जानकारी दिए ।

समाचार