सेञ्चुरी बैंकद्धारा विद्यालयलाई सामग्री
दैलेख ः सेञ्चुरी कमर्सियल बैंक शाखा दैलेखले जिल्लाको एक विद्यालयलाई सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखाले जिल्ला सदरमुकाममा रहेको फुलबारी विद्या मन्दिरलाई सामग्री प्रदान गरेको हो । बिहीवार एक कार्यक्रमका बीच सामग्री प्रदान गरिएको हो । विद्यालयलाई १२ वटा डस्बिन, ४५ वटा गमाला हस्तान्तरण गरिएको शाखा प्रबन्धक महेश शाहीले बताए ।
एक दशक भन्दा लामो समय बिताईसकेका अन्य बैंकहरुले जिल्लामा कुनै सामाजिक उत्तरदायित्वको कार्य गर्न नसकिरेहको अवस्थामा सेञ्चुरी बैंक दैलेख शाखाले यस्ता अतिरिक्त सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकतामा राखेको र आगामी दिनहरूमा समेत बैंकले अन्य थप सहयोग गर्ने बैंकका कर्मचारी समेत रहेका मनिष भण्डारीले बताए ।
जिल्लामा अन्य बैंकको तुलनामा सेञ्चुरी बैंकले जिल्लामा थप सामाजिक उत्तरदायित्वको कामहरूसङ्गै आम सेवाग्राहीहरू प्रतिको बैंकले गरेको व्यवहार र बैंक प्रतिको बिश्वास दिन प्रतिदिन बढ्दै गएको व्यवसायी शम्शेर मल्लले बताए ।




