Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

बाल बिवाह गर्ने जोडी पक्राउ

दैलेख ः दैलेखमा बाल विवाह गर्ने एक जोडी पक्राउ परेको छ । प्रहरीले बाल विवाह गर्ने जोडीलाई पक्राउ गरेको हो । जिल्लाको नौमूले गाउँपालिका वडा नं. १ का १८ बर्षिय अमित सुनार र महाबु गाउँपालिका वडा नं. बस्ने १५ बर्षकी परिवर्तित नाम ६२ दैलेख ‘घ ३०’ पक्राउ परेका हुन् ।
यी जोडीले बालविवाह गरेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमूलेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुलाई अमित सुनारको घरमा विवाह गरी बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनिहरुलाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

समाचार