Loading... आजः २०८३, ३ बैशाख बिहीबार

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार नाग्याे

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ। विगत २४ घण्टामा कोरोनाबाट ३ हजार २ सय ५२ जनाले ज्यान गुमाएका छन्।

यस्तै गरी विश्वमा कोरोना भाइर संक्रमित हुनेको संख्या ४२ लाख ५० हजार ८ सय ८६ पुगेको छ। १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन्। ४६ हजार ९ सय ५६ जनाको अवस्था गम्भीर रहेका छन् ।

वल्डोमिटरको पछिल्लो विवरण आनुसार अमेरिकामा सबै भन्दा धेरै बिरामी छन्। त्यहाँ १३ लाख ८५ हजार २ सय ६२ संक्रमित रहेका छन्। अमेरिकामा ८१ हजार ७ सय ५९ जनाले ज्यान गुमाउँदा २४ घण्टामा थप ९ सय ७२ जनाको मृत्यु भएको छ।

यस्तै स्पेनमा २ लाख ६८ हजार संक्रमित छन्। त्यहाँ २६ हजार ७ य ४४ जनाको मृत्यु भएको छ। बेलायमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ। त्यस्तै २ लाख २३ हजार ६० संक्रमित रहेका छन्। रुसमा एकै दिन ११ हजार ६ सय ५६ संक्रमित थपिएका छन्।

त्यहाँ संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ। रुसमा हाल सम्म २ हजार ९ जनाको ज्यान गएको छ। भारतमा ७० हजार ७ सय ६८ संक्रमति रहेका छन् भने २ हजार २ सय ९४ जनाको ज्यान गएको छ ।

समाचार