सिँचाइ नहरले किसान खुसी
कृष्णप्रसाद अधिकारी
दैलेखः विस्तारै बैशाख जेज्ठ महिना सकिन्छ तब दैलेखका किसानहरू खेत बारीमा निस्कन्छन् खेत बारीमा निस्के पनि खेतमा सिँचाइ अभावको कारणले उनीहरू चिन्तित हुन्छन् समयमा पानी नपर्नुले उनीहरू चिन्तीत हुनु परेको गुनासो यहाँका किसानको हुन्छ खेत बारी बाजो हुन्छ धान लगाउँनलाई तयारी गर्न निस्कने किसानहरू समयमा पानी नपरेर चिन्तित हुने गरेका थुप्रै उदाहरणहरू छन् अब भने यहाँका किसानहरू चिन्तित नभई खुसी देखिन्छन गाउँमा अहिले सिँचाइ कुलो निर्माण भए पछि उनीहरू खुसी भएका हुन् ।
धेरै जस्तो खेत बारीमा पानी नहुँदा धानको बिउ समेत राख्न समस्या हुन्थ्यो सिँचाइका लागि नहर बनेपछि दुल्लुको खेतगाउँ डुडेपिपलका बासिन्दा खुसी भएका छन् । सिँचाइको अभावले खेती योग्य भूमिबाट आम्दानी लिन नसकेका यहाँ बासिन्दालाई नहर निर्माणले खुसी ल्याएको हो
हेराढुङ्गा र सिरसैना खोलाको पानीले यहाँको करिब १० हेक्टर खेती योग्य जमिनलाई सिंचाई गर्छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) परियोजना दैलेखको ६ लाख ३० हजार ३ सय त्ततिस (६० प्रतिशत) दुल्लु नगरपालिकाको दुईलाख दश हजार एक सय एघार (२० प्रतिशत) जनश्रमदान दुईलाख दश हजार एक सय एघार (२० प्रतिशत ) गरी यस वर्ष जम्मा १० लाख ५० हजार पाच सय चउन्न रुपैयाँ लागतमा ८५० मिटर लम्बाई तथा २४ सेन्टिमिटर मी चौडाइ ३० सेन्टिमिटर उचाई भएको पक्की नहर बनेको डुडेपिपल स्याउले सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष सेतु रावतले बताइन् ।
अघिल्लो बर्ष ६ लाख रुपैयाँबाट सुरु भएको क्रमागत आयोजना धान सिँचाइको लागि आवश्यक पर्ने पानीको अत्याधिक आवश्यकतालाई परिपूर्ति गर्न सहयोग हुने विश्वासका साथ काम भइरहेको स्थानीय नमराज भण्डारीले जनकारी गराए ।
दुल्लु नगरपालिकाको वडा नं ७ को धेरै किसानको जग्गामा सिँचाइ सुविधा पुग्ने गरी निर्माण गरिएको यो नहरले यस क्षेत्रका पाच सय जना किसान लाभान्वित हुन्छन् । सिँचाइको लागि बिचबिचका शाखाबाट पानी वितरण हुने प्रणाली नहरमा राखिएको छ । विकासे आयोजनामा अनुगमन तीब्र रुपमा दिदैँ आएको वडा नं ७ को कार्यालयले हरेक आयोजनाको अनुगमन गर्ने गरेको वडा कार्यालयले जानकारी दिइएको छ ।
आपूm वडा अध्यक्ष भएसँगै वडामा भएका कामहरू के कस्ता भएका छन् त्यसको रेकर्ड आपूmले राख्दै योजना सम्पन्न हुनुभन्दा पहिले र योजना सम्पन्न भए पछि सम्म अनुगमन गरी योजनालाई प्रभावकारी बनाउँदै गएको वडा अध्यक्ष लाल बहादुर रावतले बताए । उनले भने यहाँका किसानहरू आकाशे पानीको भरमा रोपाइ गर्ने गरेको बेला दुल्लु नगरपालिका वडा नं ७ पहलमा किसानको समस्यालाई मध्ये नजर गर्दे यो सिँचाई योजना प्रथमिकता पाई सिँचाइ आयोजना बने पछि यहाँका किसान खुसी छन् । नहर बने पछि यहाँका किसानहरू धान मात्र होइन तरकारी खेती गरेर जीविकोपार्जन गर्ने सक्ने छन सिँचाइ नहर आएपछि मौसमी बेमौसमी तरकारी उत्पादन गर्न पाउने आशाले खुसी देखिन्छन् ।
