Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

अनेरास्ववियूको केन्द्रीय सदस्यमा खड्का मानोनित

दैलेख ः अनेरास्ववियूका नेता पदम खड्का अनेरास्ववियूको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । अनेरास्ववियूको दोस्रो पूर्ण बैठकले खड्कालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको हो ।
नेकपा दैलेखका युवा नेता मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र कर्णाली प्रदेशकै सुनौलो भविष्य बोकेको प्रिय युवा विद्यार्थी नेता, सामाजिक अभियान्ता खड्का विगत देखि संगठनमा आवद्ध थिए । उनले अनेरास्ववियूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
राजनीती संगै समाज सेवामा सक्रिय खड्का दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नंः ३ मेहेलतोली निवासी हुन् । सामाजिक काम र परिवर्तनकारी सोचका धनी अभियान्ता मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत एवं कर्णाली प्रदेशकै लोक प्रिय युवा विद्यार्थी बैचारिक अध्ययनशिल नेता युवाका रुपमा चिनिन्छन् ।

समाचार