Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

दैलेख ः दैलेख प्रहरीले १३ बर्ष देखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले २०६४ साल देखि फरार रहेको दैलेखको (साविक सात्तला गाउँ विकास समिति–८) हाल आठबीस नगरपालिका–१ का ४० बर्षीया बुदे नेपाली (दमाई) लाई पक्राउ गरेको हो ।
२०६४ पुस २१ गते रातीको समयदेखी सम्पर्क बिहिन भई २४ घण्टा पछी मृत्यु अवस्थामा फेला परेकी ३६ बर्षीया जुना नेपालीको कर्तब्य ज्यान मुद्दाको कसुरमा उनि फरार थिए । उक्त मुद्दाको अनुसन्धानको शिलसिलामा फरार रहेका उनलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई घरमै लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

समाचार