Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

मङ्गलादेबी स्मृति प्रतिष्ठान दैलेखको संयोजकमा मोहनमाया प्याकुरेल

दैलेख ः नेपाल महिला संघका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका सम्झनामा स्थापित ‘मङ्गलादेवी स्मृति प्रतिष्ठान’ ले दैलेखको संयोजकमा मोहनमाया प्याकुरेल चयन भएकी छिन् ।

यस अघि नेपाल महिला संघ दैलेखको तीन कार्यकालसम्म सभापतिको जिम्मेवारी निर्वाह गरिसकेकी प्याकुरेललाई मङ्गलादेबी स्मृति प्रतिष्ठान कर्णाली प्रदेशले जिल्ला संयोजकको जिम्मेवारी तोकेको हो ।

राजनीतिमा इमान्दार छवि बनाएकी प्याकुरेल हाल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनीधि हुन् । उनलाई सरल स्वभाव भएको राजनीतिज्ञको रुपमा हेर्ने गरिएको छ ।
विसं २०७४ मा स्थापना भएको उक्त प्रतिष्ठानले महिला अधिकारलाई संस्थागत गर्न, जनचेतना कार्यक्रम, कानूनी साक्षरता र महिला वर्गलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

समाचार