सामाजिक दुरी कायम गर्दै गाउँमै रोजगारी

कृष्णप्रसाद अधिकारी
दैलेख ः जिल्लाको भगवतिमाई गाउँपालिकामा यतीबेला विकास निमार्णका कामहरु भईरहेका छन् गाउँपालिकाले कोरोनाको त्रासलाई ध्यानमा राखी सामाजिक दुरी कायम गर्दे आफ्ना विकास निमार्णका कामहरु अगाडी बढाईरहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ नारा भएको यो कार्यक्रम श्रमिकलक्षित रहेको देखिन्छ ।
यो कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गरिरहेको छ । बेरोजगार युवाले गाउँपालिकामा आफु ब्यरोजगार भएको निबेदन दिए संगै उनिहरुलाई गाउँपालिकाले छनोट गरेको थियो । गाउँपालिका भित्र भएका व्यरोजगार नागरिकहरुको सुची स्थानीय तहको रोजगार व्यवस्थापन सुचना प्रणालीमा राखिने गर्देछ ।
भगवतिमाई गाउँपालिका भित्रका कुनै पनि आयोजनाले आफुलाई श्रमिक चाहिएमा गाउँ र नगरमा रहेको रोजगार सेवा केन्द्रमा निवेदन दिए पछी मात्र उनिहरुलाई गाउँपालिकाले काममा सिफारिस गर्ने गरेको छ । यसरी सिफारीस भएका व्यरोजगार नागरीकले यतिबेला गाउँमै रोजगारी गरिरहेका छन् ।
सरकारले व्यरोजगार नागरीकलाई १०० दिन रोजगार दिने उद्देश्यल संचालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस बर्ष पनि गाउँमा काम चलिरहेको छ । यदि कुनै कारणले सरकारले १०० दिनसम्मको काम दिन नसकेको अवस्थामा बेरोजगार व्यक्तिलाई जीवन निर्वाह भत्ता भनेर केही रकम दिन्छ । यस बर्षको लागि बैशाख २५ गते विहिबारबाट यो कार्यक्रम सुरु भएको छ । कोरोना भाइरसको कारण केही ढिला सुरु भएको कार्यक्रमा गाउँपालिकाका १४७ जनाको सहभागिता छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसरु भए पछि गाउँपालिका गाउँपािलकाका नागरीक आफ्नो घरको काम संगै गाउँपालिकाले तोकेको काम सम्मेत गरेर खुसि देखिन्छन् । रोजगार नागरिकहरु विहान पंहेलो जर्सी लगाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन्छन । सरकारले लागु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत वडाबाट छनोट भई रोजगारीमा लागेकी भगवतीमाई गाउँपालिका वडा नं ५ की रामकुमारी विकका परिवारमा सरकारी तलव खाने कोही थिएनन् । अहिले छोटो समय भएपनी सरकारी पैसा कमाउने आफ्नो धोको पूरा हुने उनि बताउँछीन् ।

आर्थिक बर्ष नजिकीदै गर्दा सुरू भएको रोजगार कार्यक्रममा यस बर्ष ६० दिनका लागि गाउँपालिका भित्र भएका विकास निर्माणका काम (मन्दिर जाने गोरेटो बाटो पाटि पौवा, कृषि सडक लगाएतका काममा सहभागी भएर सरकारको कामप्रति आफु ईमान्दार भएर काम गर्ने उनले बताईन् । दिनको ६ सय १० रूपिँया आउँछ त्यसैले यसपटक घरखर्च टार्ने उनले बताईन् । उनी मात्र होईन काममा सहभागी हुन पाउँदा यस गाउँका व्यरोजगार नागरिक खुसी हुर्दै काम गरिहेका छन् उनिहरु भन्छन ‘ बाटो खन्ने भएपनि काम सानो र ठुलो हुदैँन, जागीर एउटै हो, यसैमा खुसी छौँ’ ।
यस गाउँका कति नागरिक कामकै लागि विदेशी भूमीमा छन् । स्वदेशमै राम्रो रोजगारी पाइने भए, नागरिकहरुले किन विदेशमा जानु पर्थो घर परिवारको खर्च धान्नकै लागि विदेशीनु हामी नेपालिको बाध्यता समेत रहेको बेला गाउँपालिकाले रोजगार बैक मार्फत गाउँपालिकका नागरिकलाई रोजगार दिएकोमा गाउँपालिकाले राम्रो काम गरेको बुद्धीजिवीहरुले बताउँने गरेका छन् । यसरी गाउँमै रोजगारी पाउने हो भने विदेशिने नागरिकाको कमी आउँने भगवतिमार्ई गाउँपािलका अगुवाहरु बताउँछन् ।
प्रधानमन्त्री रोजगारका लागि नेपाल सरकारबाट अनुदान रू.४७ लाख ८२ हजार र गाउँपालिकाको ११ लाख बराबरको बिकास निर्माणको काममा खर्च गरिने गाउँपालिकाका रोजगार संयोजक बलबहादुर भण्डारीले बताए । उनका अनुसार गाउँपालिका व्यरोजगार नागरिकलाई १०० दिनको रोजगारी दिनुपर्ने भए पनि कोरोनाको कारण ६० दिन रोजगारी दिनलागेका छौँ ।
यसरी रोजगारी पाउन्ने नागरिक वडा नं– १ पगनाथमा १६ जना वडा नं–२ रुममा १८ जना वडा नं–३ मेहेल्तोलिमा २० जना वडा नं–४ जगनाथमा २६ जना, वडा नं–५ कट्टिमा २६ जना वडा नं –६ कट्टिमा २६ जना र वडा नं–७ भैरवमा १५ गरि १४७ जनाले रोजगारी पाएका छन्।





