नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित
काठमाडौं : नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।
कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।





