Loading... आजः २०८२, ४ माघ शनिबार

नेपाल मगर संघ दैलेखको अध्यक्षमा : थापा

दैलेख ः नेपाल मगर संघ दैलेखको अध्यक्षमा सर्वजित थापामगर चयन भएका छन् ।
पौष २७ गते डुङ्गेश्वर गाउँपालिका वडा नं. १ मा सम्पन्न नेपाल मगर संघ जिल्ला समुन्वय समितिको ८ औँ अधिवेशनबाट अध्यक्षमा नौमूले गाउँपालिका वडा नं. १ का सर्वजित थापा मगरलाई चयन गरिएको छ ।
बुधबार चयन गरिएको कार्य समितिमा अध्यक्षमा थापा मगर संगै २१ सदस्यीय नयाँ कार्य समिति चयन गरीएको हो ।