फरार रहेको ९ बर्ष पछी दुई अभियुक्त पक्राउ
दैलेख ः दैलेखमा परार रहेको ९ बर्ष पछी २ जना अभियुक्त पक्राउ परेका छन् ।
जिल्लाको भगवतीमाई गाउँपालिका–४ जगनाथका दुई जनालाई जातिय छुवाछुत तथा भेदभाव मुद्धामा दैलेख जिल्ला अदालतले २०६८मंसिर १३ गते ८ महिनको कैद र जरिवाना सजाय तोकेको थियो । नौ बर्ष पहिले छुवाछुत तथा भेदभाव मुद्धामा परार रहेका २ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पुष २७ गते पक्राउ गरि ल्याएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरिवेक्षक अनुपम श्रष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा भगवतीमाई गाँउपालिका वडा नं. ४ जगनाथका ५४ बषिय चक्र बहादुर शाही र ३१ बषिय केशव बहादुर शाहीलाई गाउँमै फेलापारी पक्राउ गरिएको र उनिहरुलाई कैद तथा जरिवाना भुक्तानिको लागि जिल्ला अदालत दैलेखमा पेश गरिएको दैलेख प्रहरीले जनाएको छ ।








