Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

शिक्षक संघले ३१ औँ स्थापना दिवस मनायो

 दैलेख ः नेपाल शिक्षक संघ दैलेखले आफ्नो ३१ औ स्थापना दिवसको अवसरमा बिबिध कार्यक्रमका साथै ३१ वटा मैनबत्ति बाली आफ्नो स्थापना दिवश मनाएको छ ।
३१ औ स्थापना दिवसको अबसरमा सघले देशमा बिघमान महामारिको रूपमा रहेको कोभिड १९ को कारणले शिक्षा क्षेत्रमा पारेको असरका बारेमा गम्भीर रूपमा छलफलमा ल्याउनुका साथै, शिक्षक एवं पेशागत हकहितका निमित्त नेपाल शिक्षक संघ दैलेखले जिल्लामा खेलेको भुमिकाहरूको बारेमा विभिन्न उपस्थित बक्ताहरूले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस दैलेखका पुर्व पार्टी सभापती एवं महा समिति सदस्य जगतजङ्ग थापाले शिक्षक संघ नपाली काग्रेस सम्बद्ध शुभेच्छुक सस्थाको रूपमा मात्र नभई,पार्टीलाई  मजबुद बनाउने पार्टिलाई एक ठाउमा ल्याउन एकिकरण जस्तो महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको संस्था रहेको बताए ।

तेस्तै नेपाल शिक्षक संघको निवर्तमान केन्द्रीय सदस्य प्रभा सिजापतिले शिक्षक महासघको बिधान बिपरित शिक्षण पेशाबाट अबकास प्राप्त गरेका बाबुराम थापालाई अध्यक्ष पदमा बसिरहन उनको नैतिकताले नमिल्ने बताउनु भयो ।

नेपाल शिक्षक सघको बिधानमा सेवा निबृृत भएको शिक्षकहरू बिधान त पदमा बस्न नमिल्ने स्पष्ट कानुनी प्रावधान रहँदा समेत उनको सो पद प्रतिको मोह जाग्नु आफैमा लज्जाको बिषय भएको उनले बताईन । लक डाउनको प्रत्यक्ष असरले शिक्षा क्षेत्रमा निकैनै क्षति पुगेतापनि पछिल्लो समयमा जिल्लामा भर्चुअल क्लास रेडियो अनलाईन द्वारा अध्ययन गराईने कक्षाहरूको प्रभावकारिता कमि कमजोरि कसले सुपरिबेक्षण गर्ने हो,गरिब निमुखाको हकमा उनिहरूको पहुच भन्दा माथि हुने र हुने खाने बर्गहरूका लागि मात्र गरिएको प्रति आपत्ति प्रकट गरिन ।

तेस्तै नेपाल शिक्षक सघ जिल्ला कार्य समिति दैलेखका अध्यक्ष कृष्ण बहादुर थापाले शैक्षिक र पेशागत शिक्षकका बिषयमा आफ्ना भनाई राखेका थिए कोरोनाको कारणले शिक्षा क्षेत्रमा पारेको असरका बारेमा गहिरो चिन्ता प्रकट गर्नुभयो,कार्यक्रममा म्ीब्का केन्द्रीय उपाध्यक्ष खड्ग बहादुर सिजापति नेपाली काँग्रेसका महासमिति सदस्य खेमराज केसि,सीता राना, पार्टि सचिव भुपेन्द्र शाही, कोषाध्यक्ष पुर्ण चालिसे, नारायण नगर सभापति प्रकाश न्यौपाने, नारायण नगरपालिका वडा नं–७ का वडा अध्यक्ष पुर्ण बहादुर मल्ल लगायतका नेता, शिक्षक कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अध्यक्ष कृष्ण कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

समाचार