Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

दईजना फरार अभियूक्त पक्राउ

दैलेख ः जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार २ जना फरार अभियूक्त पक्राउ गरेको छ ।
जिल्ला अदालत दैलेखबाट २०६७ चैत्र ७ गते मुद्धामा फैसला भई हाल सम्म फरार की नारायण नगरपालिका वडा नं ३ की ३८ बषिया रत्ना कुमारी पुनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिवेक्षक (डिएसपी) अनुपम श्रष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार मंगलबा नै २०७३ बैशाख १३ देखि सार्वजनीक मुद्धामा फरार रहेका नारायण नगरपालिका कै २८ बषिय देबेन्द्र प्रसाद रेग्मीलाई समेत पक्राउ गरिएको छ ।
उनिहरु दुबै जनालाई मंगलबार नै जिल्ला अदालत दैलेखमा बुझाएको प्रहरीले जनाएको छ ।

समाचार

सम्बन्धित समाचार