Loading... आजः २०८३, ५ बैशाख शनिबार

कृषकलाई हिउँदे तरकारीको बिउ वितरण

दैलेखः गुराँस गाउँपालिका कृषकलाई हिउँदे तरकारी वालीको बिउ वितरण गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, गुराँस गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिकामा गठन गरिएका १२ कृषक समुहलाई बिउ वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवा ,घरेलु हिसांमा परेका र एकल महिला गरी दुई सय ८५ जनालाई बिऊ वितरण गरिएको बताइएको छ ।
महिला शसक्तिकरण मञ्च नेपालकाका कृषि अधिकृत दिवस केसीले कृषक समुहलाई टमाटर,सिमी,काक्राm,खुसार्नी लगायत हिउदे तराकारी वालीको बिऊ वितरण गरिएको बताए । उनले यस अघि परियोजनाले पहिलो चरणमा प्रतिव्यक्ति ७० केजी आलु,काउली,मुला,बन्दाको बिऊ वितरण गरिएको बताए । उनले पहिलो चरणमा दिएको बिऊ बाट प्रत्येक कृषकले २० देखी २५ हजार आम्दानी गरेको बताउदै दोस्रो चरणमा बिऊ वितरण गरेको बताए ।

समाचार