च्याउखेती सम्बन्धी १५ दिने तालिमको सुभारम्भ
दैलेख ः जिल्लाको दुल्लू नगरपालिकाले दुल्लु नगरपालिकाका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउदै गएको छ । दुल्लू नगरपालिकाका कृषि सम्बन्धि कृषकहरुलाई बेला–बेलामा भिभिन्न तालिमहरु दिँदै आएको नगरपालिकाले शुक्रबार दुल्लू नगरपालिका वडा न २ को नरेश्वर आधारभूत बिद्यालयमा समुदायका २० जना लाई सिताके च्याउ खेती सम्बन्धि १५ दिने तालिमको सुभारम्भ गरेको छ ।
शिक्षक अभिभावकलाई तालिम दिदा बिद्यार्थीले समेत उद्यमी हुने हुँदा तालिम प्रदान गर्न लागेको उद्योग अधिकृत पर्शुराम आचार्यले जानकारी दिए । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले उद्यमशिल बिद्यालय निर्माणको क्रममा यस्ता तालिमले योजना निर्माण र कार्यक्रम संचालन गर्दा विद्यार्थीको सिकाईमा सहजता प्रदान गर्ने कुरा राखेका छन् । नगर उप–प्रमुख बिष्णु थापाले तालिमले रोजगारी सँगै सीप बिकास हुने र महिलाको आर्थिक क्षमता बिकासमा टेवा पुग्ने धारणा राखेकी छन् । त्यस्तै कार्यक्रममा शुभकामना दिँदै उद्योग अधिकृत बिनोद बाँनियाले यस्ता कार्यक्र्रमले स्थानिय स्तरमै केही गर्छु भन्ने युवा पिढिलाई सयोग पुग्ने धारण राखे ।
तालिमका सहजकर्ता शिताके च्याउ उत्पादक उद्यमी नगेन्द्र खड्काले उत्पादन ढिलो हुने हँुदा नआतिन अनुरोध गरेका छन् । तालिम कार्यक्रममा बिएससी एजि देखि एम ए सम्म पढेका सहभागी छन कार्यक्रमको सञ्चालन उद्यम बिकास सहजकर्ता रणकुमारी खड्काले गरेको २ नं वडा कार्यालयले जानकारी दिएको छ ।
दुल्लू नगरपालिकाले गत बर्ष १० जनालाई तालिम दिएको थियो उक्त तालिम लिएका सबैले च्याउ खेति गरिरहेको नगर प्रमुख भण्डारीले नेपाल घटनालाई जानकारी दिए ।





