Loading... आजः २०८२, ३ जेष्ठ शुक्रबार

कांग्रेसका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार आज शुभेच्छुक संस्थाहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो । गत पुस ५ गते सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेसँगै कांग्रेसले सरकारको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध गर्दै आएको छ ।

विरोध प्रदर्शन अन्तर्गत आज शुभेच्छुक संस्थाहरुले देशभर सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । संस्थाहरुले आज काठमाडौंमा मानव साङ्लो बनाउने भएका छन् । शुभेच्छुक संस्थाहरुले काठमाडौं उपत्यकामा कालो पट्टी, मास्कसहित भौतिक दूरी कायम गर्दै नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर मौन विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नेछन् ।