सहिद मयारामको सम्झना
शहिद शब्दलेब्दले कुनै ईतिहासको कालखण्डको झल्को दिने गर्द्छ त्यस्तै ईतिहासको पानामा दैलेखी माटोले जन्माएका सपूत योद्धा शहिद मयाराम रेग्मी हुन शहिद रेग्मीलाई एक महिनाको यातना पछी २०१८ साल माघ २२ गते तत्कालीन गौंडा घरको दोस्रो तला को पश्चिम तिरको २ नं झ्याल बाट बोरिमा बाँधी फालेर हत्या गरियो । स्वार्थ भावनामा जिवनलाई प्राणको अन्तिम घडीमा पनि मृत्युलाई सामान्य ढंगबाट बुझ्ने शक्ति संसारमा कमै मात्रामा जन्मने गर्द्छन ।
त्यस्ता ब्यक्तिहरुको जन्म देश र जनताका लागि समर्पणमा बित्ने गर्द्छ । त्यस्ता त्यागी र बलिदानि दिन तयार ब्यक्तीलाई शासकको सामु आफू नझुक्नु नै महानता हुने गर्द्छ ।
त्यस्ता ब्यक्तिहरु मध्ये दैलेखी भुमिमा जन्म लिएका नेपाल आमाका सपूत ब्यक्ती स्वर्गीय शहिद मयाराम रेग्मी हुन । उनी पश्चिम् नेपाल अन्तरगत दैलेख जिल्लाको पुर्विय भागमा पर्ने तत्कालीन मेहेल्तोली गाउँपञ्चायतको वडा नं ६ मेहेल्तोलीमा बुबा लालमणी रेग्मी र आमा झुपा रेग्मी को कोखबाट ज्येष्ठ सुपुत्रको रुपमा वि सं १९८५ साल फागुन महिनाको १३ गते जन्मेका हुन ।
वि.स. २०१८ माघ २२ गते रेग्मीको हत्या पश्चात तानासाही सताका ठेकेदारहरुको सहल्ला अनुसार संगै जेलमा रहेका मयारामका दाई चन्द्रलाल रेग्मीलाई अब देखि पञ्चायती बिरोध आन्दोलनमा नलाग्न भन्ने मुचुल्कामा कागज गराई छोडिएको थियो र गौंडा घरमा बोलाएर मयाराम आफै मरेको हो भने कागज गराई चन्द्रलाललाई मृते बुझाईएको थियो ।
जसका बाबजुत शहिद मयाराम रेग्मीको बलिदानिले झन्डै ६० बर्षको अन्तरालमा स्मरण गर्न लाएका कार्यबाट चर्चाको शिखर मा पुगेको छ उहाँ को बलिदानीले बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन व्यवस्था स्थापना भएको छ सामन्ती शासन व्यवस्थाको अन्त्य भएको छ भने जनताले राज्य सत्तामा पहुँच पु¥याई शासन सता आफ्नो हातमा लिन सफल भएका छन ।
यो सम्पूर्ण योगदान सहिद मयाराम रेग्मी जस्ता योद्धाहरुको बलिदानीको उपज हो । वास्तविक रुपमा जनताको सर्वाङ्गिण हितका लागि वलिदानी दिने माहान ब्यक्तित्व नै सहिद रेग्मी नै हुन् । तत्कालिन समयमा एउटा निरङ्कुश राज्य व्यवस्थाको विरुद्धमा जनताको शशक्त आवाजलाई बुलन्द गर्न पारिवारिक सुखलाई त्यागी जनताको पक्षमा प्राण नै आहुतिदिने एक नेपाल आमाका सपूतको त्यागले हामी अहिले एक लोकतान्त्रिक राज्य ब्यवस्थाको उपयोग गर्न पाईरहेका छौ। यिनै माहाँन व्यक्तिको विचारमा समर्पित लोकतान्त्रिक पद्धतिको प्रयोग गरिरहेका छौ । सहिद रेग्मी जस्ता योद्धाहरुको बलिदानि को उपज हो आजयो युग ।