राजनैतिक आर्थिक विश्लेषण सम्बन्धि अध्ययन सम्पन्न
दैलेख ः स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहीता परियोजनाले राजनैतिक आर्थिक विश्लेषण सम्बन्धि अध्ययन सम्पन्न भएको छ ।
यूकेआइडी को प्राविधिक सयोगमा सञ्चालित स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोनाले सन २०१७ देखि स्वास्थ्य क्षेत्र र सो भन्दा बाहेकको क्षेत्रमा ३ मुख्य अवधारण (सन्दर्भ,बहु सरोकारवाला बीच सम्बाद, नागरिक संलग्नता) का माध्यमबाट स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवालासंग समन्वय गरी सामाजिक जबाफलेहिताको प्रयोगमा एकरुपता गर्दै स्वास्थ्य क्षेत्रका प्रतिफललाई सुदृढिकरण गर्ने उद्देश्यले संचालन भएको प्रयोजनाले राजनैतिक आर्थिक बिश्लेसण सम्बन्धि अध्ययन सम्पन्न गरेको हो ।
शुक्रबार नारायण नगरपालिका, दैलेखमा परियोजनाले २०१७ खेखि भिभिन्न अध्ययन सम्पन्न भएको जानकारी अध्ययन परिमाण तथा सिफारीस सार्वजनिकीकरण अनतरक्रीया गोष्ठीमा गराईएको छ ।
संयोजन ः नारायण नगरपालिका, दैलेख को संयोजन, प्याकको सहजिकरण, यूके आइडिको सहयोगमा जिल्लाका सरोकारवाला संग भएको अन्तरक्रिया कार्यक्रममा परियोजानले चौथो चरणको अध्ययन २०२० मा सम्पन्न गरेका जानकारी दिएको छ ।
अन्तरक्रियाको सहजिकरण गर्दे कार्यक्रमाका संयोजक दुर्लभ कुमार बोगटीले अध्यनमा समेटिएका क्षेत्र, अध्ययनको अवधि, विधि र प्रक्रियामा अवधि अध्यनको नमुना मुख्य सचनादाता विधि, मुख्य परिवर्तन तथा विकास, अध्ययनका मुख्य नतिजा संघियताको विकासक्रम, कोभिड–१९ तथा सेवा प्रभाह, नारायण नगरपालिकाको नमुना बजेट विश्लेषण (आर्थिक विकासमा ३२.२८प्रतिशत, सामाजिक विकासमा २४.६८ प्रतिशत, वन तथा बातावरण र विपद्मा ४.३० प्रतिशत स्वास्यमा ४.१३ पतिशत, जिविकोपार्जन तथा अन्यक्षेत्रमा ३८.४ प्रतिशत) बजेट बाड्फाँड भएको जानकारी गराउदै यसको भूमिका तथा कानुन निर्माण प्रक्रिया, नागरिक संलग्नता र योजना तर्जुमा प्रक्रिया, स्वास्थ्य क्षेत्रको सामाजिक जबाफदेहिता र लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण (जेसी) अध्यनका मुख्य सिफारिसमा स्थानिय सरकारको तह, संघिय तथा प्रदेश सरकारको तह, नागरिक समाज, दातृ निकाय तथा विकास साझेदारी संस्थाहरुले सहयोग सम्बन्धि प्रस्टायका थिए ।
उक्त कार्यक्रमा उठेका सवालहरुको जवाफ दिदै नारायण नगरपालिका का नगरप्रमुख रत्न बहादुर खड्काले यस्ता कार्यक्रम तथा अध्यनका विसयमा सबै निकाय संग सहकार्य हुन सके अंझै प्रभाकारी हुने धारण ब्यक्त गरे ।





