दैलेखका पत्रकारले लगाए कोरोना खोप
दैलेख ः दैलेखका संचारकर्मी (पत्रकारहरु)ले आइतबार कोरोना खोप लगाएका छन् । सरकारले पहिलो प्राथमिकतामा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाए पछि दोस्रो चरणमा मिडियाकर्मी लगाएत कोरोना महामारीको बेलामा अग्रसर भएर काम गरिरहेका नागरिकलाई खोप लगाउने कार्यक्रम संगै दैलेखका पत्रकारलाई आइतबार देखि खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
आइतबार दैलेखका सकृय ७ जनाले खोप लगाएका छन् अन्य छुटेकालाई पनि खाेप दिने तयारी भएको अस्पतालले जनाएको छ । कर्णाली प्रदेशका पहिलो चरणमा कोरोना खोप लगाउन छुटेका नागिरक लाई पनि आज खोप लगाईएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने लाएको हो ।
कोरोना भाइरस बिरुद्धको खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्छ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो ।




