दुर्घटना हुँदा २ को मृत्यु, सबैको पहिचान खुल्यो
दैलेख ः कर्णाली राजमार्गमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीवार दिउँस कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका वडा नक्बर १ स्यालाघाटमा बस दुर्घटनामा परेको हो । कालिकोटबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । एसएमएल गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक राजेश साहु तेलीले जानकारी दिए ।
उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरिक्षक तेलीले बताए । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरी निरिक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ भर्ताका ३८ बर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका वडा नं.८ का २१ बर्षीया कमल विकको मृत्यु भएको हो । शाहीको घटनास्थलमै र विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा कालिकोट जिल्लाको शुभकालिका गा.पा.२ बस्ने ४९ बषिया दिर्घ शाहीको टाउकोमा चोट लागेको गम्भीर भिरामी छन् । कालिकोट शुभकालिका गा.पा.–२ बस्ने बर्ष २५ बषिया कलेन्द्र जङ शाही, कालिकोट खडाचक्र न.पा.–२ का ्४९ बषिएया को धिर बहादुर शाही, बर्दिया राजापुर न.पा.– ९का २४ बर्षिया जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी जवान निराजन चौधरी, कालिकोट शुभकालिका गा.पा.–४ बस्ने २२ बर्षिया तर्क राज शाही, सुर्खेत विरेन्द्र नगर नगरपालिका–१० का ४२ बर्षिय आयुस, जुम्ला कनिकासुन्दरी गाउँपालिका–४ का ४५ बर्षिय नर बहादुर बुढा, दाङ घोराई नगरपालिका १७ का २६ बर्षिय जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी जवान रमेश चौधरी, कालिकोट खडाचक्र नगरपालीका–२ का ३३ बर्षिय भरत शाही, सुर्खेत विरेन्द्र नगर नगरपालिका–३ का २५ बर्षिय जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी सहायक बिमल बि.सी, कालिकोट शुभकालिका गाउँपालिका–३ का २५ बर्षिय तिर्थराज शाही, कालिकोट महावै गाउँपालिका–५का २१ बर्षिय विवस शाही, कालिकोट खडाचक्र नगरपालिका–६ का ४४बर्षिय धिरेन्द्र शाही, कालिकोट शुभकालिका गाउँपालिका–५ बस्ने ४० बर्षिय दिल बहादुर रोका र कालिकोट खडाचक्र नगरपालिका–११ का ४२ बर्षिया महिला कसु शाही सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको उपचार सुर्खेतमा भईरहेको छ ।





